लिखित जवाफ बोकेर सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले आफ्नो छुट्टै लिखित जवाफ पेस गरेका छन् भने बाँकी तीन जनाले संयुक्त लिखित जवाफ दिएका छन्।

सम्बन्धित सामग्री

महाभियोग निस्क्रिय भएको पत्रबारे महासचिव गौतमद्वारा सर्वोच्चमा लिखित जवाफ

सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग प्रस्ताव निष्प्रभावी भएको लिखित जवाफ सर्वोच्च अदालतमा पेस गर्नुभएको छ । सर्वोच्च अदालतलको संवैधानिक इजलासले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिनुको कारणबारे लिखित जवाफ माग गरेको थियोे । लिखित जवाफमा भनिएको छ, “नेपालको संविधानको धारा १११ को उपधारा १० को प्रतिबन्धात्मक …

संसद् सचिवालयका महासचिवले पठाए सर्वोच्चमा यस्ताे जवाफ

काठमाडाैं । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पठाएका छन् । आइतबार संवैधानिक इजलासमा लिखित जवाफ पठाउँदै महासचिव गौतमले प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय हुने बताउनु भएकाे छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै पत्र दिएपछि विवादमा परेका गौतमसँग सर्वोच्च अदालतको फुल कोर्ट (पूर्ण बैठक) र […]

सर्वोच्च अदालतमा लिखित जवाफ दिएपछि पूर्वप्रधानन्यायाधीशहरूको प्रतिक्रिया (भिडिओ)

पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीले आफूहरूको कर्मको जन्मस्थल नै अदालत भएको र कसैले पनि आफ्नो जन्मस्थलको अवहेलना नगर्ने बताए। तर यो प्रक्रिया र आदेशको अवज्ञा आफूहरूले गर्ने सोच्दा पनि नसोच्ने प्रतिक्रिया दिए।

अवहेलना मुद्दा खेपेर चार पूर्वप्रधानन्यायाधीश अदालत धाउँदा …

३ फागुन, काठमाडौं । सर्वोच्च अदालतमा सोमबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की आरोपितको भूमिकामा उपस्थित भए । आफूविरुद्ध परेको अवहेलना मुद्दामा उनीहरुले अदालतमै उपस्थित भएर लिखित जवाफ बुझाए । सरकारले संसद विघटन गरेपछि उनीहरुले संयुक्त विज्ञप्तिमार्फत उक्त कदम असंवैधानिक रहेको धारणा सार्वजनिक गरेका थिए । अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न […]

चार पूर्वप्रधानन्यायाधीश लिखित जवाफसहित सर्वोच्च अदालतमा हाजिर

अदालतको अवहेलना मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीश लिखित जवाफसहित आफैं अदालत हाजिर भएका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालतको अवहेलना सम्वन्धि मुद्दामा सोमबार आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् ।

लिखित जवाफ लिएर चार पूर्वप्रधानन्यायाधीश सर्वोच्चमा

काठमाडौं । चार पूर्व प्रधानन्याधीश अवहेलनासम्बन्धी मुद्दाको जवाफ दिन सर्वोच्च अदालत हाजिर भएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ लिएर पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमबार सर्वोच्च पुगेका हुन् । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ । पूर्वप्रधानन्यायाधीशहररू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पुस २४ गते प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धसमेत सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको छ ।

चार पूर्वप्रधानन्यायाधीशले बुझाए सर्वोच्चमा लिखित जवाफ

अवहेलनासम्बन्धी मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले सोमबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले लिखित जवाफ दिएका हुन् ।