अवहेलना मुद्दा खेपेर चार पूर्वप्रधानन्यायाधीश अदालत धाउँदा …

३ फागुन, काठमाडौं । सर्वोच्च अदालतमा सोमबार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की आरोपितको भूमिकामा उपस्थित भए । आफूविरुद्ध परेको अवहेलना मुद्दामा उनीहरुले अदालतमै उपस्थित भएर लिखित जवाफ बुझाए । सरकारले संसद विघटन गरेपछि उनीहरुले संयुक्त विज्ञप्तिमार्फत उक्त कदम असंवैधानिक रहेको धारणा सार्वजनिक गरेका थिए । अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्न […]

सम्बन्धित सामग्री

चार पूर्वप्रधानन्यायाधीश लिखित जवाफसहित सर्वोच्च अदालतमा हाजिर

अदालतको अवहेलना मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीश लिखित जवाफसहित आफैं अदालत हाजिर भएका छन् । पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालतको अवहेलना सम्वन्धि मुद्दामा सोमबार आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् ।

लिखित जवाफ लिएर चार पूर्वप्रधानन्यायाधीश सर्वोच्चमा

काठमाडौं । चार पूर्व प्रधानन्याधीश अवहेलनासम्बन्धी मुद्दाको जवाफ दिन सर्वोच्च अदालत हाजिर भएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दाको लिखित जवाफ लिएर पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमबार सर्वोच्च पुगेका हुन् । प्रतिनिधिसभा विघटनबारे वक्तव्य जारी गरेका उनीहरुविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अधिवक्ताहरू लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए । निवेदनमा अदालतमा विचाराधीन विषयमा प्रतिक्रिया दिएर चार पूर्वप्रधानन्यायाधीशले अदालतको अवहेलना गरेको दाबी गरिएको छ । पूर्वप्रधानन्यायाधीशहररू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पुस २४ गते प्रधानमन्त्रीले संविधानको गलत व्याख्या गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धसमेत सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको छ ।