वायु सेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त

सरकारले राष्ट्रिय ध्वजाबाहक वायु सेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्यमा किशोर प्रधानलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगर महानगरपालिका–१० मोरङका किशोरकुमार प्रधानलाई मंगलवार निगमको बोर्ड सदस्यमा नियुक्त गरेका हुन् ।  मन्त्री ढकालले निगमको बोर्ड सञ्चालकमा ४ वर्षका लागि प्रधानलाई नियुक्त गरेका पर्यटन मन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए । नेपाल वायु सेवा निगम ऐन २०१९ को परिच्छेद २ को दफा ४ को उपदफा (१) बमोजिम प्रधानलाई नियुक्त...