काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनका कारण मतदातामा उदासीनता आएको हुन सक्ने बताएका छन् । ‘यसपटक स्थानीय तहमा जस्तो मतदान भएन । मतदान प्रतिशत कम भएको छ । दुवै ठूला दल गठबन्धन गरेर निर्वाचनमा गएका हुनाले कतिपय ठाउँमा परिणाम स्वभाविक आइहाल्छ भनेर सक्रियता नहुने र मतदातामा उदासीनता देखिएको हुन सक्छ […]