काठमाडौं उपत्यकामा पार्टी प्यालेस सञ्चालन गर्न पाइने

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले सांकेतिक रूपमा मात्रै निषेधाज्ञा जारी राखेपछि पार्टी प्यालेसहरू पूर्ववत् अवस्थामा सञ्चालनमा आउन पाउने भएका छन् ।  कोरोना महामारीको दोस्रो लहर शुरू भएपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको थियो ।  काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज नयाँ सूचना जारी गरेर पार्टी प्यालेस सञ्चालनलाई ‘निषेध गरिएको गतिविधि’बाट हटाएको छ ।  यससँगै सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमि...

सम्बन्धित सामग्री

उपत्यकामा ७ दिन थपियो निषेधाज्ञा, के-के खुल्ने, के-के बन्द ?

साउन १९, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि थप सात दिन बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा अब साउन २७ गतेसम्म निषेधाज्ञा कायम रहने छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलवार बसेको बैठकले निषेधाज्ञा थप सात दिन लम्ब्याउने निर्णय गरेको हो । यसअघि जारी गरिएको निषेधाज्ञा बुधवार सकिँदैछ । यस अवधिमा सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जस्थल, संग्रहालय तथा दर्शकसहित हुने खेलकुद र मानिसहरुको भीडभाडमा रोक लगाइएको छ । धार्मिकस्थलहरुमा नित्यपूजा बाहेक अन्य गतिविधि सञ्चालन गर्न पाइने छैन। यस्तै शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितिमा पठनपाठन गर्न पनि रोक लगाइएको छ । तर औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध सञ्चालन गर्न पाइने छ भने अन्य पसलहरु साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । रेष्टुरेन्टमा टेक अवे वा होम डेलिभरी साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

उपत्यकामा निषेधाज्ञा अवधि १० दिन बढाइयो

साउन १०, काठमाडौं । काठमाडौं उपत्यकामा यही २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आइतवारको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको आदेश सोमवार बिहान १ बजेदेखि लागू हुनेछ ।  आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन नपाउने उल्लेख छ ।  यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा/जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न/गराउन नपाइने तथा नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत गर्न पाइने छैन ।  औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ तर अन्य पसल भने साँझ सात बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।  व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौं प्रशासनले जानकारी दिएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेण्ट तथा फाष्टफुड तथा अन्य अडरहरूको हबकमा टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।  सिट क्षमता अनुसारको यात्रु राखेर यातायतका साधन सञ्चालन गर्न सकिने तर त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने जनाइएको छ । टेम्पु र निलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनु पर्ने व्यवस्थालाई कायम गरिएको छ । लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्ण पालना गर्नु पर्नेछ ।  गोष्ठी, तालिम, सेमिनार बैठक, प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअलको माध्यमलाई उपयोग गर्नुपर्ने र यदी उपस्थित नै हुनुपर्ने कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ । उक्त आदेश पालना नगरेमा भने कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने चेतावनी दिइएको छ । रासस

काठमाडौं उपत्यकामा १० दिन थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । साउन ११ देखि साउन २० सम्म निषेधाज्ञा थप गरिएको हो ।  यस अवधिमा सभा सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद, भीडभाड हुने कार्यक्रमहरू सञ्चालन गर्न पाइने छैन ।  त्यस्तै खुला स्थानमा भेला, भीडभाड गर्न, सभा, जुलुस, महोत्सव, भोजभतेरलाई पनि निषेध गरिएको छ ।  पुजारीबाट हुने नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न नपाइने, शैक्षिक सं...

उपत्यकामा आजदेखि लागू हुने गरी १० दिन निषेधाज्ञा थप, पसल साँझ ७ बजेसम्म खुल्ने

साउन १, काठमाडौं । उपत्यकामा आगामी साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । शुक्रवार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रजिअसहितको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । आज (साउन १ गते) देखि लागू हुने उक्त आदेशानुसार यसपाली भने पसल तथा अन्य व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । यसअघि ६ बजेसम्म सञ्चालन गर्न भनिएको थियो ।  आदेशमा भीडभाड हुने सबै गतिविधि सिनेमा हल, पार्टी प्यालेस डान्बार, मनोरञ्जनस्थल, रंगशाला, संग्रहालय, सभा, सम्मेलन गर्न रोक लगाइएको छ । आदेशमा खुला स्थानमा हुने भीडभाड, जात्रा, मेला, महोत्सवमा समेत रोक लगाइएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेन्ट एवम् फाष्टफुड तथा अन्य अडरको टेवअवे तथा होम डेलिभरीका लागि मात्र साँझ ७ बजेसम्म खुला गरिएको छ । स्वीकृत क्षमताभन्दा बढी यात्रु नराखी उपत्यकाभित्र सार्वजनिक सवारी सञ्चालन गर्न सकिने र निजी सवारी साधन तोकिएको मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने विगतको आदेशलाई यथावत् राखिएको छ । अत्यावश्यक काम विशेषले काठमाडौं भित्रिने सवारी साधनलाई प्रवेश दिइने आदेशमा उल्लेख छ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । स्थानीय ढुवानी भने बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । शर्त पालना गरी पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सकिने विगतको व्यवस्थालाई यथावत् राखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । जसमा २५ जनाभन्दा बढी व्यक्ति एउटै कक्षमा सहभागी गराउन पाइने छैन । गोष्ठी सेमिनार, तालीम, बैठक, समीक्षा कार्यक्रम, प्रशिक्षणजस्ता कार्यक्रम भर्चुअल माध्यामबाट गर्न र भौतिकरुपमा उपस्थित हुँदा बढीमा २५ जना मात्रै सहभागी नगराउन आदेशमा भनिएको छ । पुजारीबाट हुने नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइने छैन । रासस

निषेधाज्ञामा यी कुरा गर्न अझै १० दिन पाइने छैन

काठमाडौं।काठमाडौं उपत्यकामा निषधाज्ञा थप खुकुलो बनाइएपनि अझै केही कुरा गर्न भने निषेध नै गरिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेश अनुसार सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल,मनोरञ्जन स्थल अझै खोल्न पाइने छैन। सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल,जिमखाना, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद, जात्रा,महोत्सव, भोज भतेर गर्न पनि पाइने छैन।

काठमाडौं उपत्यकामा अझै एक साता यी कार्य गर्न पाइने छैन

काठमाडौं। स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा भोलीदेखि एक साता निषेधाज्ञा थप गर्दै केही कार्य गर्न बन्देज लगाइएको छ। “सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरु भीडभाड हुने अन्य कार्यक्रम गर्न नपाउने,”आज जारी निषेधाज्ञामा भनिएको छ।

थप कडाइका साथ काठमाडौं उपत्यकामा एक साताका लागि थपियो निषेधाज्ञा

जेठ ११, काठमाडौं । कोभिड ­-१९ संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौं उपत्यकामा यही जेठ २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश यही जेठ १४ गते बिहान १ बजेबाट लागू हुनेछ ।  काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको मंगलवारको बैठकले आगामी एक साता निषेधाज्ञा लम्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । यसअघिको यही १३ गते राती १२ बजेसम्मका लागि आदेश जारी भएको थियो । यसपाली भने किराना पसल पनि बन्द गरिएको छ । बिहानी बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ । उनका अनुसार यसपाली निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री (तरकार, फलफूल, दुध, डेरी, मासु, खानेपानी र ग्याँस) खरीद, विक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि विहान १० बजेसम्म खुला गरिएको थियो । अहिले थपिएको समयमा भने खाद्यान्न, किसाना पसल तथा डिपार्टमेन्ट स्टोर्सलगायतका अन्य पसल सञ्चालनमा रोक लगाइएको छ ।  विगतमा उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधको आदेश जारी भएको थियो । अहिले तेस्रो पटक म्याद थप गरेर आदेश लागू गरिएको छ । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा तथा आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।  सोही अधिकार प्रयोग गर्दै जारी गरिएको आदेशामा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, संग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न पाइने छैन ।  औषधी, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ ।  अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सार्वजनिक एबं निजी सवारी साधन पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, विरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्रै सञ्चालन हुने छ ।   अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन सरफमाईमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका ढुवानी तथा यातायातका साधन विषय उल्लेख गरी सञ्चालन गर्न पाइने छ ।  खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, ईन्धन, खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, भेटेरिनरी, प्रिन्ट तथा सरकारी छापाखाना, सरसफाइमा प्रयोग गरिने सामग्री ढुवानीमा व्यानर राखेर राती ९ देखि बिहान ९ बजेसम्म गाडी सञ्चालन गर्न पाइने छ । तोकिएको तरकारी बजार बाहेकका क्षेत्रमा विक्री बन्द गर्ने र थोक बजारमा फुटकर विक्री गर्न नदिइने आदेशमा भनिएको छ । अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था/संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ । सरकारी कार्यालय, संस्थान, बैंक, इन्टरनेट सेवा प्रदायक संस्थाको सवारीसाधान  बिहान  ९:३० देखि १०:३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैँकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ । यसअघि २५ प्रतिशत सम्म जनशक्ति राख्न सकिने व्यवस्था थियो ।  बैंकका गाडी जम्मा दुई मात्रै सञ्चालन गर्न पाइने छ । सबै अनुगमन प्रशासन कार्यालयले गर्ने भनिएको छ । यस्तै सार्वजनिक तथा निजी विकास निर्माणका काम तथा ढुवानीका सबै गतिविधि सञ्चालनमा रोक लाइएको छ । अन्तरराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, प्रवेशाज्ञा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने जानकारी दिइएको छ । रासस

संक्रमित बढेसँगै थप कडाइ

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरका संक्रमित बढेसँगै सरकारले कडाइ गरेको छ । दैनिक १ हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि सरकारले भीडभाड हुने क्षेत्रमा थप कडाइ गरेको हो । कोरोना भाइरस नियन्त्रणसम्बन्धी आदेश जारी गर्दै मन्त्रिपरिषद्को सोमवारको बैठकले सार्वजनिक क्षेत्र तथा भीडभाडका गतिविधि नियन्त्रण तथा सीमा नाकामा थप कडाइ गरेको छ । सरकारी आदेशअनुसार सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले निर्णय सार्वजनिक गर्दै सार्वजनिक यातायातमा क्षमताभन्दा बढी राख्न नपाउने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने बताए । मास्क नलगाए १० रुपैयाँ जरीवाना गर्ने निर्णय सरकारले गरेको छ । उनका अनुसार लामो दूरीका सवारीसाधनले यात्रुको विषयमा सीडीओ कार्यालयमा जानकारी दिनुपर्नेछ भने बाटोमा मान्छे चढाउन नपाइने नियम बनाइएको छ । गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद् बैठकले विवाह, व्रतबन्धजस्ता चाडपर्वमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको छ । विवाह र व्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने आदेश जारी गरिएको सञ्चारमन्त्री गुरुङले जानकारी गराए । सरकारले होटेल तथा रेस्टुराँ सञ्चालनमा पनि कडाइ गरेको छ । अब नयाँ नियमअनुसार बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने छन् । निर्धारित समयपछि भने होम डेलिभरी मात्र गर्न पाइनेछ । सरकारले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने समेत निर्णय गरेको छ । सरकारका प्रवक्ता गुरुङका अनुसार सीमा नाकामार्पmत आउजाउ गर्नेलाई व्यवस्थापन गर्न नाकामा १ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरिएको बताए । गड्डाचौकी, गौरीफन्टा, जमुनाह, कृष्णनगर, वीरगञ्ज, काँकडभिट्टालगायत नाकामा होल्डिङ सेन्टर बनाइनेछ । भारतबाट आउनेको स्वास्थ्य त्यहीँ परीक्षण गरेर मात्रै गन्तव्यमा जान अनुमति दिइनेछ । सरकारले पूर्वनिर्धारित परीक्षाहरू भने नरोक्ने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडसम्बन्धी आदेश जारी गर्दै पूर्वनिर्धारित परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सुचारू गर्ने निर्णय गरेको छ । त्यसबाहेक देशका प्रमुख शहरहरूका शैक्षिक संस्थाहरू वैशाख महीनाभर भौतिक रूपमा बन्द गर्ने तर वैकल्पिक माध्यमबाट पठनपाठन सुचारू गर्ने सरकारी निर्णय छ । सोमवार काठमाडौं उपत्यकामा मात्र ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा मात्रै ५ सय ५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जना कोरोना संक्रमित भेटिएका छन् ।