उपत्यकामा आजदेखि लागू हुने गरी १० दिन निषेधाज्ञा थप, पसल साँझ ७ बजेसम्म खुल्ने

साउन १, काठमाडौं । उपत्यकामा आगामी साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । शुक्रवार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रजिअसहितको संयुक्त बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । आज (साउन १ गते) देखि लागू हुने उक्त आदेशानुसार यसपाली भने पसल तथा अन्य व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । यसअघि ६ बजेसम्म सञ्चालन गर्न भनिएको थियो ।  आदेशमा भीडभाड हुने सबै गतिविधि सिनेमा हल, पार्टी प्यालेस डान्बार, मनोरञ्जनस्थल, रंगशाला, संग्रहालय, सभा, सम्मेलन गर्न रोक लगाइएको छ । आदेशमा खुला स्थानमा हुने भीडभाड, जात्रा, मेला, महोत्सवमा समेत रोक लगाइएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेन्ट एवम् फाष्टफुड तथा अन्य अडरको टेवअवे तथा होम डेलिभरीका लागि मात्र साँझ ७ बजेसम्म खुला गरिएको छ । स्वीकृत क्षमताभन्दा बढी यात्रु नराखी उपत्यकाभित्र सार्वजनिक सवारी सञ्चालन गर्न सकिने र निजी सवारी साधन तोकिएको मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने विगतको आदेशलाई यथावत् राखिएको छ । अत्यावश्यक काम विशेषले काठमाडौं भित्रिने सवारी साधनलाई प्रवेश दिइने आदेशमा उल्लेख छ । सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका साधन राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ । स्थानीय ढुवानी भने बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । शर्त पालना गरी पूर्वनिर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न सकिने विगतको व्यवस्थालाई यथावत् राखिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । जसमा २५ जनाभन्दा बढी व्यक्ति एउटै कक्षमा सहभागी गराउन पाइने छैन । गोष्ठी सेमिनार, तालीम, बैठक, समीक्षा कार्यक्रम, प्रशिक्षणजस्ता कार्यक्रम भर्चुअल माध्यामबाट गर्न र भौतिकरुपमा उपस्थित हुँदा बढीमा २५ जना मात्रै सहभागी नगराउन आदेशमा भनिएको छ । पुजारीबाट हुने नित्य पूजाबाहेकका धार्मिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइने छैन । रासस

सम्बन्धित सामग्री

गुल्मीमा २० गतेसम्म निषेधाज्ञा थप

११ साउन, गुल्मी । गुल्मीमा यही साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्ऽको बैठकले साउन २० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर कायमै रहेपनि बिभिन्न क्षेत्रहरुमा खुकुलो बनाएर निषेधाज्ञा थपिएको हो । थपिएको निषेधाज्ञा अनुसार खाद्यवस्तु बेच्ने पसलहरु स्वास्थ्य सुरक्षाका […]

गुल्मीमा असार समान्तसम्म निषेधाज्ञा थप

२३ असार, गुल्मी । गुल्मीमा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण दर बढ्दै जान थालेपछि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर घटेसँगै खुकुलो बनाएर गरिएको निषेधाज्ञालाई पुनः कडाइ गर्ने गरी निषेधाज्ञाको समय थप गरिएको […]

दैलेखमा असार १० गतेसम्म निषेधाज्ञा थप

दैलेख। दैलेख जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसमा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। दिनहुँ कोभिड–१९ संक्रमितको संख्या बढ्दै गइरहेकाले संक्रमण रोकथामका लागि पुनः निषेधाज्ञा थप गरिएको बताइएको छ।

यी हुन् निषेधाज्ञा थप भएका जिल्ला

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका ७० वटा जिल्लामा निषेधाज्ञा थप भएको छ । गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार धेरैजसो जिल्लाले असारको पहिलो हप्तासम्म निषेधाज्ञा थप गरेका छन् । सुनसरी, बझाङ, मुगु, लमजुङ र रुकुम पूर्वकाे भने निषेधाज्ञा थप भएको विवरण प्राप्त भइ नसकेको गृह मन्त्रालयले जनाएको छ । सबैजसो जिल्लामा जनजीवनलाई केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ । निषेधाज्ञा खुकुलाे बनाउँदै लगिए पनि स्वास्थ्य मापदण्डलाई भने अझै पूर्णरूपमा पालना गर्न भने छाेड्न नहुने डाक्टरहरूले बताउँदै आएका छन् । ...

लमजुङमा जेठ २७ गतेसम्म निषेधाज्ञा थप

जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ । कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । उनले भने, “जिल्लामा कोरोना स

सात दिन थप निषेधाज्ञा थप

जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ ।  कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।  जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।

पुनः १० दिन निषेधाज्ञा थप

धनुषा। आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ। वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएका छन्।

पुनः १० दिन निषेधाज्ञा थप

धनुषा। आजदेखि पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ। वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा थप भएको सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी गराएका छन्।

सुनसरीमा एक साता निषेधाज्ञा थप

जिल्लामा कोरोना संक्रमणको दर तीव्ररुपमा वृद्धि हुँदै गएपछि सुनसरी जिल्लामा एक साताको लागि निषेधाज्ञा थप भएको छ।...