उपत्यकामा निषेधाज्ञा अवधि १० दिन बढाइयो

साउन १०, काठमाडौं । काठमाडौं उपत्यकामा यही २० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको आइतवारको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । थपिएको आदेश सोमवार बिहान १ बजेदेखि लागू हुनेछ ।  आदेशमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न/गराउन नपाउने उल्लेख छ ।  यस्तै खुला स्थानमा मानिस भेला हुन, सभा/जुलुस गर्न, जात्रा महोत्सव, भोज भतेर आदि गर्न/गराउन नपाइने तथा नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत गर्न पाइने छैन ।  औषधि तथा स्वास्थ्यसम्बन्धी पसल भने जुनसुकै बेला खोल्न सकिने छ तर अन्य पसल भने साँझ सात बजेसम्म मात्रै खोल्न पाइने छ । स्थानीय ढुवानीका साधन बिहान ९ देखि ११ र अपराह्न ४ देखि ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।  व्यवसाय सञ्चालन गर्दा भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने काठमाडौं प्रशासनले जानकारी दिएको छ । अत्यावश्यक वस्तुको अनलाइन अडर, रेष्टुरेण्ट तथा फाष्टफुड तथा अन्य अडरहरूको हबकमा टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने छ ।  सिट क्षमता अनुसारको यात्रु राखेर यातायतका साधन सञ्चालन गर्न सकिने तर त्यसरी सञ्चालन गर्दा स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने जनाइएको छ । टेम्पु र निलो माइक्रोमा यसअघि लागू भएको नौ जना मात्रै यात्रु राख्न पाइने र यात्रुको बीचमा प्लाष्टिकको छेकबार लगाउनु पर्ने व्यवस्थालाई कायम गरिएको छ । लामो दूरीका सवारी साधन मापदण्ड पालना गरेर चलाउन पाइने छ । सार्वजनिक तथा निजी ढुवानीका साधन भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनाभन्दा बढी राख्न नपाइने र स्वास्थ्यका सबै मापदण्ड पूर्ण पालना गर्नु पर्नेछ ।  गोष्ठी, तालिम, सेमिनार बैठक, प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअलको माध्यमलाई उपयोग गर्नुपर्ने र यदी उपस्थित नै हुनुपर्ने कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी गराउन नपाइने विगतको व्यवस्थालाई कायमै राखिएको छ । उक्त आदेश पालना नगरेमा भने कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारवाही हुने चेतावनी दिइएको छ । रासस

सम्बन्धित सामग्री

काठमाडाैं उपत्यकामा निषेधाज्ञा थप कडा, ८ बजेपछि गाडी चलाउन रोक

काठमाडाैं : काठमाडाैं उपत्यकामा निषेधाज्ञा पुनः थप गरिएको छ। साउन २८ गतेदेखि भदाै ८ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरिएको छ। अत्यावश्यकबाहेक निजी अनि सार्वजनिक सवारीसाधनमाथि कडा नियम लगाइएको छ। राति ८ बजेभित्र सवारीसाधन गन्तव्यमा पुगिसक्नुपर्नेछ। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गरिसक्नुपर्ने उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यसअघि जारी निषेधाज्ञा साउन अन्तिममा सकिँदै छ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप

काठमाडौं- काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ। उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि उक्त निर्णय भएको हो। साउन २० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको हो। उपत्यकामा बैशाख १६ यता लगातार निषेधाज्ञा छ। तर पछिल्लो समय निषेधाज्ञा निकै खुकुलो पारिएको

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि सकिँदै छ । कोरोना भाइरसको सङ्क्रमण सोचेअनुसार नघटेको भन्दै निषेधाज्ञा फेरि थप्ने तयारी भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार अब थपिने निषेधाज्ञामा सबै खालका सार्वजनिक गाडीलाई चलाउन दिने कि नदिने भन्नेबारे छलफल हुने छ । त्यसका लागि दिउँसो ३ बजे उपत्यकाका तीनै जिल्लाका प्रमुख अधिकारीहरुको बैठक बस्दैछ । यसअघि थप गरिएको निषेधाज्ञामा २५ सिटभन्दा बढी सिट क्षमता भएका ...

आजदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो

सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै केही व्यवसाय सञ्चालन गर्न अनुमति दिएपछि बजारमा चहलपहल सुरु भएको हो । आजदेखि काठमाडौंका व्यापारिक स्थानमा चहलपहल सुरु भएको हो ।...

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउनेबारे छलफल गरेको हो ।निषेधाज्ञा थप्नेबारे आज अनौपचारिक छलफल भएको र पर्सि आइतवार निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कुन-कुन क्षेत्र खुलाउने भन्नेबारे कुनै निष्कर्ष निस्किएको छैन तर कोरोनाको जोखिम अझै उत्तिकै रहेकाले थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भएको...

उपत्यकामा निषेधाज्ञा थपिन सक्ने

कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले वैशाख १६ देखि उपत्यकामा निषेधाज्ञा जारी गरेका हुन् । सो अवधिमा निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै करिब ३३ हजार सवारी साधन र एक हजार आठ सय जनालाई ‘होल्ड’ गरिएको छ ।महानगरीय प्रहरी कार्यालय रानीपो

काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपियो

काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय भएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख २९ गते राती १२ बजेदेखि लागू हुने गरी १५ दिनका लागि थप गर्ने निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाल पराजुलीले संक्रमण नघटेको भन्दै१५ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बताए। अबको निषेधाज्ञामा अझै कडाई गरिने उनको भनाइ छ।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा निषेधाज्ञा थप गर्ने तयारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्ब्याउनेबारे साेमवार (आज) उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ ।संयुक्त छलफलले थप १५ दिनका लागि निषेधाज्ञा थप्ने तयारी गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो । उहाँले निषेधाज्ञा थप्नेबारे मङ्गलवार (भोलि) बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिनुभयो ।काठमाण्डौँ उपत्यकामा पहिलो चरणमा गएको १६ देखि निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि ...

बिहीबारबाट उपत्यकामा निषेधाज्ञा

काठमाडौं, बैशाख १४ । कोरोना संक्रमित संख्या तीव्र गतिमा बढ्दै गएपछि काठमाडौं उपत्यकामा १६ देखि २२ वैशाखसम्म एक साता निषेधाज्ञा जारी गरिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीको सोमबार बसेको संयुक्त बैठकपछि १६ वैशाख बिहान ६ बजेबाट २२ वैशाख राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । यस अवधिमा […]