उपप्रमुखको गाडीले कोरोना नभएका बिरामी बोक्ने

काठमाडौँ, २४ वैशाख: नगर उपप्रमुख ज्ञानमाया डङ्गोलको गाडीले कोरोना नभएका बिरामी बोक्ने भएको छ । देशभर कोरोना सङ्क्रमित बिरामी बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेपछि अस्पताल जान गाह्रो भएका बिरामी बोक्नका लागि उक्त गाडी प्रयोग गरिनेछ । नगर उपप्रमुख डङ्गोलले डाइलोसिस, डेलिभरीलगायतका अत्यावश्यक बिरामीलाई घरबाट अस्पताल लैजान तथा अस्पतालबाट घर ल्याउनका लागि आफ्नो गाडीको प्रयोग गरिने […]

सम्बन्धित सामग्री

हुम्लामा मौसमी रुघाखोकीका बिरामी बढे

सिमकोट – पछिल्लो समय हुम्लामा मौसमी रुघाखोकीका बिरामी बढेका छन्। खार्पुनाथ गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी जया जेठाराका अनुसार गाउँपालिकाभर मौसमी रुघाखोकीमा बिरामी बढेका हुन्। गाउँपालिकाको सामुदायिक अस्पतालमा दैनिक ४० जनाभन्दा बढी यस्ता बिरामी आउने गरेको उनको भनाइ छ। कोरोनाको लक्षणसँग मिल्ने बिरामी भए पनि ल्याबमा कर्मचारी नभएका कारण कोरोना परीक्षण नभएको उनको भनाइ छ। […]

विकसित देशमा पोलियोको डर

काठमाडौँ– कोरोना र मङ्कीपक्सको सङ्क्रमणका कारण आजित भएको समयमा अमेरिकाका केही स्वास्थ्य अधिकारीको खुलासाले थप चिन्ता थपिएको छ । अहिले अमेरिकामा पत्ता नलागेका तथा पुष्टि नभएका सयौँ तथा हजारौँ पोलियोको बिरामी हुन सक्ने आशङ्का थपिएको हो । न्युयोर्कको रकल्यान्डमा भ्याक्सिन नलगाएको एक व्यक्तिलाई प्यारालाइसिस भएपछि यो तथ्य बाहिर आएको हो । उनको शरीरमा जेरुसेलम र […]

ओलम्पिक्समा प्रयोग नै नभएका सयौं थान मेडिकल बाकस फ्याकियो

भदौ १६, टोकियो । टोकियो ओलम्पिक्समा पञ्जा, गाउन र मास्कलगायत कोरोना भाइरस विरोधी विविध मेडिकल सामानहरु भएको प्रयोग नै नगरिएको सयौं थान बाकस फ्याकिएको छ । मंगलवार आयोजक समितिले यस्तो बताएको हो । यसरी फयाकिएको सामान ५० लाख येन मूल्य बराबरको भएको बताइएको छ । कोरोना भाइरस विष्फोटक रुपमा बढिरहेका टोकियो वा जापानका अन्य स्थानका केन्द्रहरुमा पठाउन सकिने भएपनि नौं ओटा प्रतिस्पर्धा स्थलमा पठाइएका यी सामानहरु अव्यवस्थापनका कारण फ्याकिएको भन्दै आयोजक समितिले माफी मागेको छ ।  अगष्टमा ओलम्पिक्स सकिएपछि मेडिकल सामानहरु उब्रिएको अधिकारीहरुले बताएका छन् । सामानहरु राख्ने ठाउँ नहुँदा फयाकिएको अधिकारीहरुले बताएका छन् । फयाकिएका सामान टोकियोका चार स्थल र होक्काइदो, फुकुशिमा, साइतामा, चिबा र खानागावाका पाँच स्थलको सरसफाई र बन्द गर्ने क्रममा आइतवार पाइएको उनीहरुले बताएका छन् ।  खरीद गरिएको ५२ हजार २०० थान गाउनमध्ये ३ हजार ४०० ओटा फयाकिएको थियो । प्रतियोगिता स्थलमा ५० थान मास्क भएका ५ हजार ६०० बाकस मास्क र ५ हजार २०० बोतल हयान्ड स्यानिटाइजरमध्ये क्रमशः ६६० र ३८० बाकस फयाकिएका छन् ।  मेडिकल सामान उब्रिए भने के गर्ने भनेर पहिला नै कुनै खोप स्थललाई निर्देशन नदिइएको एक अधिकारीले बताए ।आयोजक समितिले ती सामानको राम्रो व्यवस्थापन नगरेको उनले पनि स्वीकार गरेका छन् । अन्य केही प्रतिस्पर्धा स्थलमा उब्रिएको सामान कोभिड–१९ का बिरामी हेर्ने केन्द्रहरुलाई दिइएको बताइएको छ । पारालिम्पिक्समा भने यस्तो खालको गल्ती दोहोरिन नदिइने पनि अधिकारीहरुले भनेका छन् । एजेन्सी

डोटीमा कोरोनासँगै भाइरल ज्वरो

कोरोना सङ्क्रमणका कारण जिल्लावासी आक्रान्त भइरहेका बेला यहाँका स्थानीय तहमा भाइरल ज्वरोको जोखिम बढेको छ । दिपायल सिलगढी र शिखर नगरपालिका तथा जोरायल, पूर्वीचौँकी र बोगटान फुड्सिल गाउँपालिकामा भाइरल ज्वरोका बिरामी बढेको छ । गाउँमा भाइरल ज्वरोले नागरिक थला पर्न थालेपछि खेती किसानीको काम प्रभावित भएको छ । यहाँका गाउँका स्वास्थ्य संस्थामा सामान्य तय ज्वरोको औषधिसमेत नभएका कारण झनै समस्या भएको पीडितको गुनासो छ ।यहाँका गाउँघरमा पछिल्लो समयभाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको शिखर नगरपालिका&nda

ग्रान्डी अस्पतालले नयाँ बिरामी भर्ना नलिने

काठमाडौं । काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो ।  अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित  तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले...

ग्रान्डी अस्पतालले पनि नयाँ बिरामी भर्ना नलिने

काठमाडौं: काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ। अस्पताल प्रशासनले आज एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो। अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अस्पतालमा कोरोना सङ्क्रमित तथा कोरोना नभएका बिरामीको सुरक्षित तवरले उपचार…

महामारीले भरतपुर अस्पतालमा ननकोभिडका बिरामी उपचार पाउनबाटै वञ्चित

चितवन : दोस्रो लहरको कोभिड–१९ को महामारीका कारण ननकोभिडका बिरामीहरू प्रभावित भएका छन्। महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा र अस्पतालहरूले ओपिडी सेवा बन्द गरेपछि कोरोना नभएका बिरामीले उपचार पाउनै सकेका छैनन्। आकस्मिक बाहेकका बिरामीलाई अस्पताल नजान सरकारले नै उर्दी नै लगाएको छ। अस्पतालका बेड र जनशक्ति कोरोना संक्रमितको उपचारमा खटाउँदा ननकोभिड बिरामीले रोग दबाएर राख्न बाध्य भएका छन्।भरतपुर अस्पतालमा कोभिड संक्रमित बिरामीको चाप बढ्दै गएपछि वैशाख १७ गतेदेखि ओपिडी र इएचएसलग

उपचारका लागि काठमाडौं लैजाँँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

झापा- कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ ।  सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा...

उपचारका लागि काठमाडौं लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

सुनसरी । कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ

कर्णालीमा समुदायसम्म फैलियो कोरोना

सुर्खेत कालागाउँस्थित प्रदेश अस्पतालका पाँच स्वास्थ्यकर्मीमा आइतबार कोरोना सङ्क्रमण देखियो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उपचारमा प्रत्यक्ष संलग्न तथा उनीहरूको नजिक रहेर काम गरिरहेका ४२ जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखियो । पिसिआर परीक्षणबाट तीमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भयो । दैलेखका दुई तथा सुर्खेतका एक गरी तीन जना बिरामी भारतबाट आएका पनि होइनन्, अर्थात् कुनै ‘ट्राभल हिस्ट्री’ नभएका अन्य रोगका बिरामीमा कोरोना पोजेटिभ देखिनु र उपचारमा संलग्न स्वास्थ्यकर्मीसम्म विस्तार हुनुले कर्णालीमा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलिसकेको पुष्टि हुन्छ ।