उपचारका लागि काठमाडौं लैजाँँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

झापा- कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ ।  सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा...

सम्बन्धित सामग्री

पेप्सीकोला दुर्घटना अपडेट: उपचारका क्रममा २ जनाको मृत्यु,१२ जना घाइते

काठमाडौं,१७ भदौ । काठमाडौंको पेप्सीकोलामा भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ। आइतबार बिहान ७ बजे काठमाडौं महानगरपालिका-३२ पेप्सीकोलाको छाप्रोस्थित सडकमा चार वटा सवारीसाधन ठोक्किँदा १४ जना घाइते भएका थिए। जसमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बा.प्र.०२-०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र […]

आफैंमाथि आगो लगाएका पुरूषको उपचारका क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका पुरूषको उपचारका क्रममा मृत्यु भएको छ । गत मंगलवार काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको उपचारका क्रममा बुधवार (आज) बिहान कीर्तिपुरस्थित बर्न अस्पताल मृत्यु भएको चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।  आफैंमाथि आगो लगाएपछि उपचारका लागि बर्न अस्पताल लगिएका उनको आईसीयूमा राखेर उपचार गरिएको थियो ।  उनको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की हिजो साँझ अस्पतालमा पुगेकी थिइन् ।

कालीकोट विस्फोटमा थप एक बालिकाको मृत्यु

काठमाडौं : कालीकोट विस्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० भएको घटनामा परी घाइते भएकी बालिकाको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा ४ वर्षकी सरस्वती रानाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।घटनामा परी ४ वर्षीया झरना थापाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको थियो।

उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन अस्पतालमा तोडफोड

काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेज (सिएमसी) को भरतपुरमा रहेको शिक्षण अस्पतालमा मृतकका आफन्त तथा स्थानीयले तोडफोड गरेका छन् । भरतपुर महानगरपालिका–१३ का ३६ वर्षीय रमेश कुँवरको सोमबार साँझ सोही अस्पतालमा मृत्यु भएको थियो । कुँवरको प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे अस्पतालमा भर्ना भएको प्रशासन प्रमुख प्रताप […]

डेंगुबाट ३५ वर्षीया युवतीको मृत्यु

१६ भदौ, काठमाडौं । डेंगुको संक्रमणबाट कैलालीमा एक युवतीको मृत्यु भएको छ । उपचारका क्रममा ३५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको हो । ‘अस्पतालले डेंगु भएको पुष्टि गरेको छ । त्यसको […]

६ तलामाथिबाट खस्दा दुई बालबालिकाको मृत्यु

काठमाडौं । काठमाडौँको बुद्धनगरस्थित एक घरमा ६ तलामाथिबाट खस्दा दुई जनाको मृत्यु भएको छ । अन्दाजी १३ र १४ वर्षका अनिकेत रोय र कृतिका जैसवालको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । घरबाट तल खसिरहेको अवस्थामा देखेपछि उनीहरूलाई तत्काल उपचारका लागि सिभिल अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ […]

काठमाडौं र मोरङमा दुर्घटना, तीनजनाकाे मृत्यु

काठमाडौं : मोरङको बुढीगंगा गाउँपालिकामा एम्बुलेन्स र मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। तीव्र गतिमा रहेको को १ च ४४१४ नम्बरको खाली एम्बुलेन्सले साइकललाई ठक्कर दिँदा साइकलमा सवार बूढीगंगा ४ का ६९ वर्षीय मंगल रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका रामको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो। एम्बुलेन्स चालक फरार रहेको डिएसपी श्रेष्ठले बताए। त्यस्तै गएराति नै मोटरसाइकलको ठक्करबाट ब

काठमाडौं मोडल कलेजको होस्टलमा बस्ने विद्यार्थीको मृत्यु

राजधानीको बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलमा बस्ने विद्यार्थीको मृत्यु भएको छ । होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।सोमबार दिउँसो उनलाई उपचारका लागी काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । सहनी ११ कक्षामा अध्ययनरत थिए । होस्टलको

कोरोना संक्रमित वडाध्यक्षको उपचारका क्रममा निधन

काठमाडौं। पाँचथरको हिलिहाङ गाउँपालिका–४ का वडाध्यक्ष श्रीप्रसाद शिगूको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनी दुई सातादेखि झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचाररत थिए। उनको मृत्युको पुष्टि गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङदेनले गरेका हुन्। शवको व्यवस्थापन झापामै गरिने लिङदेनले बताए।

धरानमा धनुषाका संक्रमितको मृत्यु

काठमाडौं : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।धनुषाका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।  उनलाई १० वैशाखमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। प्रतिष्ठानमा हालसम्म ४७ पुरुष र ८४ महिला गरी १३१ जनाको उपचारका क्रममा मृत्यु भएको छ।