ओलम्पिक्समा प्रयोग नै नभएका सयौं थान मेडिकल बाकस फ्याकियो

भदौ १६, टोकियो । टोकियो ओलम्पिक्समा पञ्जा, गाउन र मास्कलगायत कोरोना भाइरस विरोधी विविध मेडिकल सामानहरु भएको प्रयोग नै नगरिएको सयौं थान बाकस फ्याकिएको छ । मंगलवार आयोजक समितिले यस्तो बताएको हो । यसरी फयाकिएको सामान ५० लाख येन मूल्य बराबरको भएको बताइएको छ । कोरोना भाइरस विष्फोटक रुपमा बढिरहेका टोकियो वा जापानका अन्य स्थानका केन्द्रहरुमा पठाउन सकिने भएपनि नौं ओटा प्रतिस्पर्धा स्थलमा पठाइएका यी सामानहरु अव्यवस्थापनका कारण फ्याकिएको भन्दै आयोजक समितिले माफी मागेको छ ।  अगष्टमा ओलम्पिक्स सकिएपछि मेडिकल सामानहरु उब्रिएको अधिकारीहरुले बताएका छन् । सामानहरु राख्ने ठाउँ नहुँदा फयाकिएको अधिकारीहरुले बताएका छन् । फयाकिएका सामान टोकियोका चार स्थल र होक्काइदो, फुकुशिमा, साइतामा, चिबा र खानागावाका पाँच स्थलको सरसफाई र बन्द गर्ने क्रममा आइतवार पाइएको उनीहरुले बताएका छन् ।  खरीद गरिएको ५२ हजार २०० थान गाउनमध्ये ३ हजार ४०० ओटा फयाकिएको थियो । प्रतियोगिता स्थलमा ५० थान मास्क भएका ५ हजार ६०० बाकस मास्क र ५ हजार २०० बोतल हयान्ड स्यानिटाइजरमध्ये क्रमशः ६६० र ३८० बाकस फयाकिएका छन् ।  मेडिकल सामान उब्रिए भने के गर्ने भनेर पहिला नै कुनै खोप स्थललाई निर्देशन नदिइएको एक अधिकारीले बताए ।आयोजक समितिले ती सामानको राम्रो व्यवस्थापन नगरेको उनले पनि स्वीकार गरेका छन् । अन्य केही प्रतिस्पर्धा स्थलमा उब्रिएको सामान कोभिड–१९ का बिरामी हेर्ने केन्द्रहरुलाई दिइएको बताइएको छ । पारालिम्पिक्समा भने यस्तो खालको गल्ती दोहोरिन नदिइने पनि अधिकारीहरुले भनेका छन् । एजेन्सी