एन्डी मुर्रे र नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा

काठमाण्डाै - बेलायती एन्डी मुर्रे विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा जर्मन क्वालिफायर अस्कर ओटेलाई ६–३, ४–६, ४–६, ६–४ र ६–२ को सेटमा हराउँदै मुर्रे तेस्रो चरणमा प्रवेश गरेका हुन्  । तेस्रो चरणमा उनले १० औँ वरीयताका क्यानेडियन खेलाडी डेनिस शापोभालोभसँग शुक्रवार प्रतिस्पर्धा गर्नेछन् । यस्तै, नोभाक जोकोभिच पनि विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । दक्षिण अफ्रिकाका केभिन एण्डरसनलाई पराजित गर्दै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् । विश्व नम्बर एक...

सम्बन्धित सामग्री

जोकोभिच कीर्तिमानतिर अघि बढ्दै

लन्डन, (एजेन्सी) । सर्बियाका नोभाक जोकोभिच विम्बल्डन टेनिस प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । जोकोभिच क्वार्टरफाइनलमा रुसका एन्ड्री रुबलेभलाई चार सेटमा हराएर अन्तिम चारमा पुगेका हुन् । पहिलो सेट रुबलेभले ६–४ ले जितेर जोकोभिचलाई कडा चुनौती दिएका थिए । तर, यसपछि जोकोभिचले सहजै लगातार तीन सेट क्रमशः ६–१, ६–४, ६–३ ले जिते । जोकोभिचले शुक्रबार इटालीका […]

वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डन टेनिस बेलायतमा सुरु

काठमाडौं । वर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन सोमबारबाट बेलायतमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन साविक विजेता नोभाक जोकोभिच विजयी भएका छन् । सर्वियन खेलाडी जोकोभिचले पहिलो चरणमा अर्जेन्टिनाका पेड्रो चाचिनलाई ६/३, ६/३ र ७/६ ले पराजित गरे । सर्वाधिक २३ ग्राण्डस्लामको उपाधि विजेता जाोकोभिच यस वर्षको विम्बल्डनमा २४ औं ग्राण्डस्लामको उपाधि खोजिरहेका […]

विम्बल्डन टेनिस : जोकोभिच फाइनलमा

बेलायतका क्यामरुन नोरीलाई हराउँदै साविक विजेता तथा सर्बियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा शुक्रबार राति नवौं वरीयताका क्यामरुनमाथि २-६, ६-३, ६-२,  ६-४ को सेट पराजित गरे । अब, आइतबार हुने फाइनल खेलमा जोकोभिचले उपाधिका लागि निक किर्गियोससँग खेल्ने छन् ।यसअघि, स्पेनिस टेनिस स्टार राफेल नाडाल पेटको चोटका कारण विम्बल्डनको सेमिफाइनलबाट नाम फिर्ता लिएका छन् । सेमिफाइनलमा शुक्रबार नाडालले निक किर्गियोसको सामना गर्ने तालिका थियो ।

विम्बल्डन टेनिस : उत्कृष्ट पुनरागमन गर्दै जोकोभिच सेमिफाइनलमा

सर्वाधिक पुरानो टेनिस प्रतियोगिता विम्बल्डनमा पुरुष एकलतर्फ विश्व नम्बर एक नोभाक जोकोभिच अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन्। दुई सेटले पछि परेको खेलमा उत्कृष्ट पुनरागमन गर्दै सर्वियन स्टार जोकोभिच सेमिफाइनल प्रवेश गर्न सफल भए।सेन्टर कोर्टमा मंगलबार राति भएको क्वार्टरफाइनलमा साविक विजेता जोकोभिचले १०औं वरीयताका इटािलयन जानिक सिनरमाथि ३–२ को सेटमा जित निकाले।निकै रोमाञ्चक बनेको प्रतिस्पर्धामा जोकोभिच सुरुआती दुई सेट गुमाउन पुगेका थिए। जोकोभिचले ५–७ र २–६ ले सुरुवाती दुई सेट लग

विम्बल्डन टेनिस :  जोकोभिच सेमिफाइनलमा

नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा मंगलबार राति इटालीका जानिक सिनरलाई हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् ।साविक विजेता जोकोभिचले दशौँ वरीयताका सिनरलाई ५-७, २-६, ६-३,६-२ र ६-२ को सेटमा पराजित गरे ।जोकोभिचको यो ३ सय ३२ औं ग्रान्डस्लाम जीत हो ।

विम्बल्डन टेनिसको इतिहासमा पहिलो महिला चेयर अम्पायर

एजेन्सी। विम्बल्डन टेनिस इतिहासमा पहिलोपटक पुरूष एकलको फाइनलमा महिला चेयर अम्पायर हुने भएकी छन्। आज अल इङ्ल्यान्ड क्लबमा नोभाक जोकोभिच र माट्टेयो बेरेट्टेनीबीच हुने फाइनल क्रोएसियाकी ४३ वर्षीया मरिया किचकले खेलाउनेछिन्। किचक गोल्ड ब्याज चेयर अम्पायर हुन्। उनी २०१२ देखि डब्लूटीए एलिट टिममा सदस्य छिन्। किचकले २०१४ मा महिलातर्फको फाइनल खेलाएकी थिइन्। उनी लगातार १५ वर्षदेखि विम्बल्डनमा काम गरिरहेकी छन्।

वरीयताका शीर्ष चारैलाई सफलता

विम्बल्डन टेनिस प्रतियोगितामा २०११ पछि पहिलो पटक वरीयताक्रमका शीर्ष चार खेलाडीले अन्तिम १६ मा स्थान बनाएका छन्। सोमबार हुने अन्तिम १६ को खेलमा एन्डी मरे, नोभाक जोकोभिच, रोजर फेडेरर र राफेल नाडाल केन्द्रमा रहनेछन्।

जोकोभिच दोस्रो चरणमा

प्रतिद्वन्द्वी मार्टिन क्लिजान रिटायर्ट हर्ट भएपछि मंगलबार नोभाक जोकोभिच ४० मिनेट कोर्टमा बिताएर विम्बल्डन टेनिस प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन्।