नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा मंगलबार राति इटालीका जानिक सिनरलाई हराउँदै जोकोभिचले अन्तिम चारमा स्थान बनाएका हुन् ।साविक विजेता जोकोभिचले दशौँ वरीयताका सिनरलाई ५-७, २-६, ६-३,६-२ र ६-२ को सेटमा पराजित गरे ।जोकोभिचको यो ३ सय ३२ औं ग्रान्डस्लाम जीत हो ।