सर्वाधिक पुरानो टेनिस प्रतियोगिता विम्बल्डनमा पुरुष एकलतर्फ विश्व नम्बर एक नोभाक जोकोभिच अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन्। दुई सेटले पछि परेको खेलमा उत्कृष्ट पुनरागमन गर्दै सर्वियन स्टार जोकोभिच सेमिफाइनल प्रवेश गर्न सफल भए।सेन्टर कोर्टमा मंगलबार राति भएको क्वार्टरफाइनलमा साविक विजेता जोकोभिचले १०औं वरीयताका इटािलयन जानिक सिनरमाथि ३–२ को सेटमा जित निकाले।निकै रोमाञ्चक बनेको प्रतिस्पर्धामा जोकोभिच सुरुआती दुई सेट गुमाउन पुगेका थिए। जोकोभिचले ५–७ र २–६ ले सुरुवाती दुई सेट लग