नेपाल पत्रकार महासंघ बेलायत शाखाद्वारा प्रदान गरिने पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेल र अर्का पत्रकार खेमराज रानाभाटलाई दिइने भएको छ ।पुरस्कार छनोटका लागि शाखाद्वारा गठित स्वतन्त्र समितिको सिफारिसका आधारमा दुई पत्रकारलाई संयुक्त रुपमा दोस्रो एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२२ प्रदान गरिने शाखाले जनाएको छ । पुरस्कार राशि ५०२ पाउण्ड छ ।पोखरेलको कान्तिपुरमा प्रकाशित बेलायतका विमानस्थलबाट फर्काइँदै नेपाली विद्यार्थी शीर्षक र रानाभाटको हिमालखबरमा प्रकाशि