बैंक आर्थिक संकटको साथी हो : सही प्रयोग नगर्दा दिन सक्छ यसले तनाव

आजकल जनसाधारण र मिडियाहरूमा बैंकहरूले सेवाग्राहीसँग मनपरी शुल्क लिए, ब्याजको लोभमा पैसा बैंकमा राख्दा सावाँ नै डुब्ने भयो, ब्याजदर बढी भयो, सेवाग्राहीद्वारा तालाबन्दी, ग्राहकलाई नक्कली नोट भिडाइयो, ऋण स्वीकृत नहुँदै सर्भिस चार्ज मागियो, एटीएमले काम गरेन, एसएमएस बैंकिङ भरपर्दो भएन, सेवामा सुधार आएन लगायतका गुनासा दिनहुँसो आउने गरेको देखिन्छ । तर, यसले आर्थिक संकटका बेलामा गर्जो टारेको कुरा हामीले चटक्कै भुलेका हुन्छौं । तथापि बैंकिङ क्षेत्रले गुनासोको समयमै सम्बोधन गरी ग्राहकको मन जित्न सक्नुपर्छ अन्यथा स्रोतरूपी निक्षेप र कर्जा लगानीको ग्राहक पाउन ‘आकाशको फल आँखा तरी मर’ भने जस्तो हुनेछ । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई धेरै सुरक्षा दियो, लगानी बन्द भयो र व्यापारीहरू मीटरब्याजमा जान थालेको कारण व्यवसायीहरूले ऋण तिर्न सकेनन् । तसर्थ बैंकले तनावमात्र दियो भन्नेहरूको पनि कमी छैन । अर्थतन्त्रमा आएको मन्दी र उत्पादनमा आएको ह्रासले बैंकहरूको ऋण असुलीमा प्रभाव पार्ने निश्चित प्राय छ । एकातर्फ ऋण नपाउने अर्कोतर्फ ऋण लिएर उत्पादन गरेको माल बजारमा खपत नहुने समस्याले उद्योगी व्यवसायीहरूलाई पिरोलेको देखिन्छ । तसर्थ उनीहरू ब्याज घटाउन आजकल दिनहुँजसो लबिङ गरिरहेको अवस्था छ । ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने अवस्था आएपछि ऋणीले बैंकहरू आर्थिक संकटको साथी हो भनेर भन्नुभन्दा पनि बैंकले तनाव दियो भन्ने गर्छन् । त्यसो त अहिले धेरै उद्योग र प्रतिष्ठानको आर्थिक अवस्था हेर्दा कर्मचारीलाई तलब भत्ता दिन सक्ने अवस्था छैन । विश्वभर मन्दी छ यस्तो बेलामा बैंकहरू प्रभावित हुन्छन् । चाखलाग्दो कुरा नेपालका बैंकहरू सबै नाफामा छन् । जनगुनासोको साथै बैंकप्रति व्यवसायीहरूको असन्तुष्टि बढ्दै जाने हो भने १ दिन बैंकिङ क्षेत्रले ठूलो संकट बेहोर्नुपर्ने देखिन्छ । आर्थिक विकासको मेरूदण्ड भई काम गरेको बैंकिङ क्षेत्रलाई आर्थिक संकटको साथी भन्नुपर्नेमा बैंकहरूले तनाव दिइरहेका छन् भन्नु समय सान्दर्भिक नहोला कि ? बैंकिङ क्षेत्रले बैंकिङ प्रणालीको विकास र विस्तार गर्ने, मुलुकमा आर्थिक स्थायित्व र स्थिरता कायम गर्ने, गरीबी निवारणमा जोड दिने, कृषि, उद्योग, ऊर्जा र विपन्न वर्गमा कर्जा प्रवाहमा जोड दिने, रोजगार लक्षित बैंकिङ कार्यक्रमको विकास र विस्तार गर्ने, घरेलु तथा साना उद्योगको विकास र विस्तार गर्ने, मुद्रा विनिमय व्यवस्थापन गर्ने, बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने, वित्तीय साक्षरता र समावेशिता एवं बैंकिङ पहुँचमा जोड दिने, बैंक तथा वित्तीय संस्थाउपर नियन्त्रण राख्ने र स्वच्छ प्रतिस्पर्धामा जोड दिनेलगायत कार्य गर्ने हुँदा समग्रमा पक्कै पनि यो आर्थिक संकटको साथी हो । तथापि हालको अवस्थामा कमजोर पूँजीगत खर्च, कमजोर विप्रेषण, बैंकिङ चेतनाको अभाव, बैंकिङ विस्तारमा कमी, सुरक्षाको समस्या, अस्वस्थ प्रतिस्पर्धा, अन्तरराष्ट्रिय आर्थिक मन्दी, कोभिड–१९ को दूरगामी असर, तरलताको अभाव अर्थात् व्यययोग्य आयमा कमी हुँदा समग्र बैंकिङ क्षेत्र नै कठिन मोडमा उभिएको छ । त्यस्तै संस्थागत सुशासनको अभाव, वित्तीय विवरण पारदर्शी नहुनु, केन्द्रीय बैंकको प्रभावकारी नियमनको अभाव, न्यून बचतको समस्या, अन्तरराष्ट्रिय पहुँचको अभाव, नीति नियम समयसापेक्ष नहुनु, छाया बैंक मौलाउँदो, वित्तीय समावेशीकरणको अभाव, विप्रेषणमा हुन्डीको बाहुल्यलगायतले बैंकिङ क्षेत्रलाई पिरोलेको अवस्थामा ग्राहकबाट बेलाबखत आउने आलोचनाले थप संकट निम्त्याउन सक्ने देखिन्छ । यस क्षेत्रमा प्रशस्त अवसर पनि नभएका होइनन् । जस्तै ६० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच नभएको, मुलुक संघीयतामा गएको, विश्वव्यापीकरण, विश्व व्यापार संगठनको सदस्यता, विप्रेषणमा सुधार, प्रविधिको विकास, विदेशी बैंकसँगको कारोबारमा सहजता, विभिन्न नीतिनियमहरू आदिलाई अवसरका रूपमा प्रयोग गर्न सक्ने हो भने बैंकिङ क्षेत्रको भविष्य सुन्दर छ भन्ने कुरामा कसैको विमति नहोला । बैंकिङ क्षेत्रले सामाजिक उत्तरदायित्वका क्षेत्रहरू विद्यालय, सामाजिक संघसंस्थालगायतमा आर्थिक तथा भौतिक सहयोग गरिरहेको पनि छ । बैंकिङ क्षेत्र नेपालको आर्थिक प्रणालीको एक सच्चा साझेदार हो । मुलुकको आर्थिक रूपान्तरणका लागि विज्ञान र प्रविधिमा भएको द्रुततर विकासलाई आत्मसात् गर्दै बैंकिङ क्षेत्रले अर्थतन्त्रको प्रणालीगत विकासमा कोसेढुंगाका रूपमा कार्य गरेको छ । मुलुकभर छरिएर रहेको पूँजीलाई संकलन गरी जनतालाई बैंकिङ सेवा उपलब्ध गराउनुका साथै नेपालको समग्र अर्थतन्त्रको विकासमा नेपाली बैंकिङ क्षेत्रको योगदान ऐतिहासिक छ । तथापि आधुनिक वित्तीय उपकरण र सूचना प्रविधिको उपयोग द्वारा नयाँ पुस्तालाई आकर्षण गर्नु, संस्थागत कार्यदक्षतामा समयानुकूल सुधार, संस्थागत सुशासन, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणजस्ता बैंकिङ क्षेत्रका चुनौती विद्यमान छन् । शीघ्र नाफामुखी अनुत्पादक क्षेत्रतर्फ लगानी बढाउने भन्दा उत्पादनमुखी लगानी तथा सेवाको विविधीकरण गर्दै देशको आर्थिक विकासलाई दु्रत तुल्याउन कृषि, पर्यटन र पूर्वाधार एवं जलस्रोतको क्षेत्रमा लगानीलाई प्रोत्साहित गरी वित्तीय पहुँच र समावेशीकरण गर्नेतर्फ भने पछिल्ला वर्षहरूमा बैंकिङ क्षेत्रले अपेक्षित परिणाम देखाउन सकेको छैन ।   नेपालको आर्थिक विकासको बाधक नै वित्तीय अपराध तथा अनौपचारिक बैंकिङ क्षेत्र भएको हुँदा बैंकिङ क्षेत्रले कालोधनलाई सेतो बनाउने कार्यलाई निर्मूल पार्नुपर्छ । वित्तीय साक्षरतालाई बढाउँदै ब्याजदरलाई वाञ्छित सीमाभित्र राख्न सकेमा तरलता व्यवस्थासमेतमा सहजता आउन सक्छ । ख्याति कुनै पनि वित्तीय संस्थाको आत्मा भएको हुँदा यसलाई सबै कर्मचारी तथा सरोकारवाला पक्षले कायम राख्नुपर्छ अन्यथा ठूलो मूल्य चुकाउनुपर्छ । सानो त्रुटिलाई पनि बेलैमा सुधार गर्न सक्यो भने मात्र ग्राहकमैत्री बैंकिङको बिल्ला भिर्न सकिन्छ । अन्यथा बैंकिङ क्षेत्रले विभिन्न क्रियाकलापमा तनाव मात्र दिन्छ भन्नेहरूको बाहुल्य बढेको दिन यो क्षेत्रमा ठूलो विपत्ति नआउला भन्न सकिँदैन । मुलुक संघीयतामा गइसकेको अवस्थामा बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत वित्तीय स्रोतको परिचालन गरी सोही क्षेत्रमा कृषि, पर्यटन एवं पूर्वाधारमा लगानी गर्न सके स्थानीय क्षेत्रका जनता लाभान्वित भई रोजगारीको अवसरसमेत वृद्धि हुने देखिन्छ । यसबाट देशको आर्थिक विकासमा सन्तुलन र दिगो विकासले गति लिई समावेशी र समानुपातिक लक्ष्यसमेत पूरा हुनुको साथै हालको क्षेत्रीय आर्थिक असन्तुलनमा कमी आई सरकारको समृद्ध र सुखी नेपालीको कल्पनासमेत साकार हुने हुँदा यस क्षेत्रलाई आर्थिक संकटको साथीको रूपमा लिन सकिन्छ । जनअपेक्षित सेवाका लागि पूर्वाधारको उचित व्यवस्थापन, गुनासो व्यवस्थापन, प्रविधिमैत्री वातावरणको विकास, कार्यालय सजावटमा बढी ध्यान, छिटोछरितो रूपमा मुस्कानसहितको सेवा, उपयुक्त ब्याजदर, कर्जा प्रशोधन शुल्क र झन्झटिला कागजातमा सुधार, बडापत्रमा गर्न सकिने कुरा उल्लेख, सूचनाको पहुँच, वित्तीय साक्षरताजस्ता विषयमा बैंकिङ क्षेत्रले यथेष्ट ध्यान दिन सकेमा भोलिका दिनमा बैंकिङ क्षेत्रप्रति हुने गुनासोमा कमी आई समग्र वित्तीय क्षेत्रको सुधार हुने कुरामा कसैको दुईमत नरहला । बैंकले वित्तीय सहयोगमार्फत आयातनिर्यातमा सहजीकरण गरेको छ, विकास निर्माणका काममा सहयोग पुर्‍याएको छ । कृषि, वाणिज्य, पर्यटन, गरीबी निवारण, जलस्रोत, कृषि, साना तथा मझौला उद्योग, शिक्षा, स्वास्थ्य, रोजगारसमेतका क्षेत्रमा आर्थिक विकासको मेरूदण्ड भई काम गरेको बैंकिङ क्षेत्रलाई आर्थिक संकटको साथी भन्नुपर्नेमा बैंकहरूले तनाव दिइरहेका छन् भन्नु समय सान्दर्भिक नहोला कि ? लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

सम्बन्धित सामग्री

साथी

ज्ञान, धन र विश्वास तीन जना मिल्ने साथी एउटै टोलमा बस्दथे। आआफ्नो भविष्य बनाउन छुटिने बेलामा उनीहरू चिन्तित भए। छुटिएपछि को कहाँ भेट्ने भनेर छलफल गर्दै थिए।...

साथी

ज्ञान, धन र विश्वास तीन जना मिल्ने साथी एउटै टोलमा बस्दथे। आआफ्नो भविष्य बनाउन छुटिने बेलामा उनीहरू चिन्तित भए। छुटिएपछि को कहाँ भेट्ने भनेर छलफल गर्दै थिए।...

नारा ‘प्रहरी मेरो साथी’, साथी बने दुश्मन

स्याङ्जा । शान्ति सुरक्षा र अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने नेपाल प्रहरीको कुनै बेला नारा थियो ‘प्रहरी मेरो साथी’ । प्रहरी हाम्रो साथी हो भन्ने नारा लिएर गाउँ टोलका समुदाय स्तरमा पुगेको प्रहरीनै दुश्मन बन्छ भन्ने बिषय यतीबेला उदाङ्गो बनेको छ । प्रहरी हिरासत भित्र थुनुवामाथी चरम यातना, न्याय खोज्दै मानव अधिकार आयोगमा उजुरी स्याङ्जाको वडा […] The post नारा ‘प्रहरी मेरो साथी’, साथी बने दुश्मन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शान्तिका ‘साथी शिक्षक’ विद्यार्थी पुरस्कृत

लुम्बिनी – रुपन्देहीको तिलोत्तमा–५ मणिग्रामस्थित शान्ति नमूना माध्यमिक विद्यालयमा साथी शिक्षकका रूपमा योगदान पुर्‍याउने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ। कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाइ भएका विद्यार्थीहरूलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरूले साथी शिक्षकका रूपमा सिकाइमा सहयोग गरेर कक्षा उत्तीर्ण गराउन सफल भएका थिए। शैक्षिक सत्र २०७९ मा साथी शिक्षकको रूपमा योगदान दिने करिब एक […]

आजदेखि कौशीमा ‘साथी, साथी आइदेउन!’ मञ्चन हुँदै

काठमाडौं : टेकुस्थित कौसी थिएटरमा आजदेखि नाटक ‘साथी, साथी आइदेउन !’ मञ्चन हुने भएको छ। आजदेखि सुरु हुने नाटक माघ १५ गतेसम्म चल्नेछ। मानसिक स्वास्थ्यमाथि बनेको नाटकमा रंगकर्मी आशान्त शर्माको लेखन तथा निर्देशन रहेको छ। एक युवतीको मानसिक मनोदशाको पाटोलाई नाटकमा समेटिएको छ। वर्तमान समयमा बढ्दो मानसिक समस्यालाई ख्यालमा राखेर यो…

होल्डिङ कम्पनी ‘साथी पार्टनर्स लिमिटेड’ औपचारिक रुपमा सुरु

होल्डिङ कम्पनी साथी पार्टनर्स लिमिटेड औपचारिक रूपमा शुभारम्भ भएको छ । साथी पार्टनर्स लिमिटेड पब्लिक भेन्चर कम्पनी साथी मार्टको टिममार्फत केही विषेश तथा ठूला योजनासहित यसै महिनादेखि औपचारिक रुपमा सुरु भएको घोषणा गरेको हो ।यो कम्पनी अन्तर्गत साथी मार्ट, साथी प्रोडक्सन, इलेक्ट्रेनिक्स, उत्पादन, कृषि, कपडा ब्राण्ड, म.म फुड तथा फ्रोजन, कस्मेटिक, टेक्नोलोजी लगायत ७ भन्दा बढी कम्पनीमा लगानी गरी देशकै उत्कृष्ट ग्रुप अफ कम्पनी बनाउने लक्ष्य रहेको कम्पनीले बताएको छ । कम्पनीको स्थापनाले साथी मार्

साथी बाल्टिमोरको जर्सी सार्वजनिक

बाल्टिमोर (हाम्रो खेलकुद) – अमेरिकाको बाल्टिमोर हुने साथी कप २०२२ का लागि साथी बाल्टिमोर क्रिकेट क्लबले नयाँ जर्सी सार्वजनिक गरेको छ । आइतबार क्लोभरल्यान्ड क्रिकेट मैदानमा फार वेस्टर्न क्रिकेट क्लबसँग मैत्रीपूर्ण खेल आयोजना गर्दै क्लबले जर्सी सार्वजनिक गरेको हो । खेलअघि जर्सी सार्वजनिक कार्यक्रममा बाल्टिमोर काउन्टी डिस्ट्रिक्ट ५ को काउन्सिलम्यान डेविड मार्क्स र स्टेट डेलिगेट […]

साथी

मेरो प्यारो साथी सबैभन्दा माथि, सँगसँगै पढ्ने खेल्ने,मिल्ने कति जाति। सधैं सँगै स्कुल जान्छौं सँगै घर आउछौँ, गृहकार्य सकेपछि सँगै खेल्न पाउँछौँ। उसलाई चोट लाग्यो भने मलाई पनि दुख्छ, मेरो मुख निन्याउरो भए ऊ पनि त रुन्छ।...

त्यो मेरो साथी नेता भएछ!

लाग्यो, गुदी न सुदीको उसको बुद्धि यो देशको जेथा पो भएछ अक्कल न सक्कलको त्यो मेरो साथी यो देशको नेता भएछ!

कविताः साथी

-अर्जुन घर्ती ‘क्षितिज’ए साथी, तिमी कस्तो !ए साथी, तिमी कस्तो !कहिले पूर्णिमाको जुनझैँ चम्किदिन्छौकहिले औँशीको रातझैँ अँधेरिन्छौ,कहिले वसन्तको कोपिलाझैँ फुलिदिन्छौकहिले शिशिरको पातझैँ झरिदिन्छौ,चिन्नै गाह्रो भो, साथी तिमी कस्तो !ए साथी, तिमी कस्तो !कहिले समुद्रझैँ शान्त हुन्छौकहिले असारे भेलझैँ गडगडाउँछौ,कहिले मन्द हावाझैँ सुसाउँछौकहिले हुरी बतासझैँ हुर्हुराउँछौ,बुझ्नै सारो भो, साथी तिमी कस्तो !   ए साथी, तिमी कस्तो !कहिले खडेरीमा वर्षाझैँ झरिदिन्छौकहिले वर्षातम