सभापति देउवाद्वारा उपसभापति खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । सभापति देउवाले आज वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेर त्यहाँ उपचाररत उपप्रधानमन्त्री खड्कालाई भेटेर स्वास्थ्यलाभको कामना गरेका हुन् ।  अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक टोलीले उपप्रधानमन्त्री खड्काको प्रोस्टेटको सफलतापूर्वक शल्यक्रिया गरेको […]

सम्बन्धित सामग्री

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्ने भएको छ । नेपाली काँग्रेसका एक नेताले बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुने जानकारी दिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा काँग्रेस पनि सहभागी छ। दाहालको नेतृत्वमा सरकार बनेको मंगलबार एक वर्ष पुगेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस दाहाल नेतृत्वको सरकारमा सामेल भएको […] The post काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उपप्रधानमन्त्री खड्काको स्वास्थ्य स्थिति बुझ्न अस्पताल पुगे गगन-विश्व

काठमाडौं । कांग्रेस उपसभापति समेत रहेका रहेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे बुझ्न महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अस्पताल पुगेका छन् । महामन्त्रीद्वयले छाउनीस्थित सैनिक अस्पतालमा उपचारारत खड्कालाई भेटे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । बुधबार भर्ना भएका मन्त्री खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको छ । उनलाई भेट्न हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]

माधव नेपाल र उपसभापति खड्काबीच भेटवार्ता

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपालको निवास कोटेश्वरमा आज भएको भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकामा एकअर्कालाई बधाई दिनुभएको थियो । भेटमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा भएको उपसभापति खड्काको सचिवालयले जानकारी दिएको छ । त्यस अवसरमा वर्तमान सत्ता गठबन्धनलाई […]

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज सकिँदै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सम्पन्न हुँदैछ। आजको बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। गत असार २७ गते सुरु भएको बैठकमा पार्टीका प्रदेश सभापतिहरू, केन्द्रीय सदस्य तथा पदाधिकारीले बोलिसकेका छन्। आज सभापति शेरबहादुर देउवा बोल्ने र निर्णयको माइन्युटिङसहित बैठक सम्पन्न गर्ने तयारी छ।बैठकमा उपसभापति पूर्णबहादुर खड्काको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समि

गठबन्धन बैठक : सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धनमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति जुटेको काँग्रेस उपसभापति समेत रहेका पूर्णबहादुर खड्काले जानकारी दिए । ‘सङ्क्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ, अब अघि बढ्छ’, खड्काको भनाइ छ । गठबन्धनमा सहमति […]

संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सत्ता गठबन्धनमा सहमति

सत्तारुढ गठबन्धनमा संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधन गर्न सहमति जुटेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा उक्त सहमति जुटेको काँग्रेस उपसभापति समेत रहेका पूर्णबहादुर खड्काले रातोपाटीलाई जानकारी दिए । ‘संक्रमणकालीन न्यायसँग जोडिएका कानुन संशोधनबारे छलफलमा सहमति जुटेको छ, अब अघि बढ्छ’, खड्काको भनाइ छ ।   गठबन्धनमा सहमति जुटे लगत्तै बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकबाट उक्त विधेय

चुनावमा एमाले विरुद्द गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । मंगलवार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताको आधारमा गठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी दिदैँ प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरुसँग तालमेल गर्ने नितिगत निर्णय सर्वसम्मत् रुपमा गरिएको बताए । उनले भने – ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नितिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप कार्य अगाडी बढाइने छ । यो विषयमा यहाँहरुले पार्टीमा विभाजन छ, दुई धार छ भनिराख्नुभएको थियो । अन्तत्वगत्वा सर्वसम्मतिबाट यो स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नितिगत निर्णय पार्टीले सर्वसम्मत् बाट गरेको छ ।’गठबन्धन दलहरुसँग तालमेल गर्ने नितिगत निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टीले केन्द्र देखि स्थानीय तहसम्म संयन्त्र बनाउने प्रवक्ता महतले जानकारी दिए । पार्टी विधानले दिएको अधिकारका आधारमा सम्बन्धित तहले तालमेलको निर्णय गर्ने र पार्टी केन्द्रले आवश्यक निर्देशन र व्यवस्थापन मिलाउने उनले बताए । उनले भने – ‘जुन गठबन्धनमा रहेका दलहरु छन् । उनीहरु सँग तालमेल गर्ने हाम्रो नितिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पार्टीले केन्द्रीय तहमा पनि एउटा संयन्त्र बनाउँछ । प्रदेश, जिल्ला, क्षेत्रिय समिति तहमा पनि संयन्त्र बन्छ । र सम्बन्धित गठबन्धनमा रहेका दलहरु छन्, त्यही तहमा समझदारी विकसित गराउँदै ल्याउँछौ । त्यसमा केन्द्रले पनि आवश्यक निर्देशन, व्यवस्थापन मिलाउँछ । गठबन्धन प्रक्रियालाई व्यवहारिक रुपमा अगाडी बढाउने काम हामी गर्छौ । जुन–जुन तहलाई जे अधिकार दिइएको छ । जस्तो प्रदेश क्षेत्रिय समितिलाई अधिकार दिइएको छ वडाको, जिल्ला तहलाई गाउँपालिकाको, सात प्रदेशहरुलाई नगरपालिकाको, केन्द्रलाई महानगरपालिकाको जुन अधिकार दिइएको छ । त्यही अधिकार क्षेत्रभित्र रहेर नै निर्णय प्रक्रियालाई अगाडी बढाउँछौँ ।’केन्द्रीय समिति बैठकले २०७८ फागुन ३० गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरुलाई अनुमोदन समेत गरेको छ । त्यस्तै, नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले पार्टी उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ । समिति सदस्यहरु भने सभापति देउवाले आवश्यक परामर्श लिई पूर्णता दिने जनाइएको छ । त्यसैगरी प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समितिको गठन गरेको बताइएको छ । बैठकले प्रदेश सभाका सदस्य र प्रदेश मन्त्रीपरिषद् सदस्यले सम्बन्धित प्रदेश सभा संसदीय दल मार्फत आफुले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशत रकम २०७९ बैशाख १ गतेदेखि प्रदेश सभा संसदीय दलले पार्टीको सम्वन्धित प्रदेश कार्य समितिको खातामा जम्मा गर्नुपर्ने निर्णय पनि गरेको छ ।

कांग्रेसको महाधिवेशनमा पेश गर्ने प्रस्तावहरु पास

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले महाधिवेशन पेश गर्ने प्रस्तावहरु पास गरेको छ । पार्टी कार्यालय, सानेपामा बसेको बैठकले उपसभापति विमलेन्द्र निधिले पेश गरेको नीति, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काको राजनीतिक र कोषाध्यक्ष सीतादेवी यादवको लेखासम्बन्धी प्रतिवेदन पास गरेको केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए । कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबारदेखि शुरु […]