चुनावमा एमाले विरुद्द गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । मंगलवार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताको आधारमा गठबन्धनका दलहरुसँग तालमेल गर्ने निर्णय गरेको हो । बैठकको निर्णय बारे जानकारी दिदैँ प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरुसँग तालमेल गर्ने नितिगत निर्णय सर्वसम्मत् रुपमा गरिएको बताए । उनले भने – ‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नितिगत निर्णय यो बैठक गर्दछ । स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप कार्य अगाडी बढाइने छ । यो विषयमा यहाँहरुले पार्टीमा विभाजन छ, दुई धार छ भनिराख्नुभएको थियो । अन्तत्वगत्वा सर्वसम्मतिबाट यो स्थानीय आवश्यकता र अवस्था हेरेर गठबन्धन गर्ने नितिगत निर्णय पार्टीले सर्वसम्मत् बाट गरेको छ ।’गठबन्धन दलहरुसँग तालमेल गर्ने नितिगत निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टीले केन्द्र देखि स्थानीय तहसम्म संयन्त्र बनाउने प्रवक्ता महतले जानकारी दिए । पार्टी विधानले दिएको अधिकारका आधारमा सम्बन्धित तहले तालमेलको निर्णय गर्ने र पार्टी केन्द्रले आवश्यक निर्देशन र व्यवस्थापन मिलाउने उनले बताए । उनले भने – ‘जुन गठबन्धनमा रहेका दलहरु छन् । उनीहरु सँग तालमेल गर्ने हाम्रो नितिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा पार्टीले केन्द्रीय तहमा पनि एउटा संयन्त्र बनाउँछ । प्रदेश, जिल्ला, क्षेत्रिय समिति तहमा पनि संयन्त्र बन्छ । र सम्बन्धित गठबन्धनमा रहेका दलहरु छन्, त्यही तहमा समझदारी विकसित गराउँदै ल्याउँछौ । त्यसमा केन्द्रले पनि आवश्यक निर्देशन, व्यवस्थापन मिलाउँछ । गठबन्धन प्रक्रियालाई व्यवहारिक रुपमा अगाडी बढाउने काम हामी गर्छौ । जुन–जुन तहलाई जे अधिकार दिइएको छ । जस्तो प्रदेश क्षेत्रिय समितिलाई अधिकार दिइएको छ वडाको, जिल्ला तहलाई गाउँपालिकाको, सात प्रदेशहरुलाई नगरपालिकाको, केन्द्रलाई महानगरपालिकाको जुन अधिकार दिइएको छ । त्यही अधिकार क्षेत्रभित्र रहेर नै निर्णय प्रक्रियालाई अगाडी बढाउँछौँ ।’केन्द्रीय समिति बैठकले २०७८ फागुन ३० गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरुलाई अनुमोदन समेत गरेको छ । त्यस्तै, नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले पार्टी उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ । समिति सदस्यहरु भने सभापति देउवाले आवश्यक परामर्श लिई पूर्णता दिने जनाइएको छ । त्यसैगरी प्रवक्ता प्रकाशशरण महतको संयोजकत्वमा केन्द्रीय प्रचार–प्रसार समितिको गठन गरेको बताइएको छ । बैठकले प्रदेश सभाका सदस्य र प्रदेश मन्त्रीपरिषद् सदस्यले सम्बन्धित प्रदेश सभा संसदीय दल मार्फत आफुले प्राप्त गर्ने मासिक पारिश्रमिकको २० प्रतिशत रकम २०७९ बैशाख १ गतेदेखि प्रदेश सभा संसदीय दलले पार्टीको सम्वन्धित प्रदेश कार्य समितिको खातामा जम्मा गर्नुपर्ने निर्णय पनि गरेको छ । 

सम्बन्धित सामग्री

डडेल्धुरामा एमाले र कांग्रेस (विपी) को तालमेल भङ्ग

नेकपा एमालेले  नेपाली कांग्रेस (विपी)सँग गरेको चुनावी तालमेल भङ्ग गरेको छ । एमाले जिल्ला कमिटी डडेल्धुराको पूर्ण बैठकले तालमेल भङ्ग गरी एकलरुपमा निर्वाचनमा होमिने निर्णय गरेको हो । नेपाली कांग्रेस (विपी)ले तालमेलको सहमति उल्लङ्घन गरी डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा २ मा स्वतन्त्र उम्मेदवारसँग तालमेल गरेको एमालेको आरोप छ ।एमालेले जारी गरेको  विज्ञप्तिमा भनिएको छ, ‘गठबन्धनलाई परास्त गर्न डडेल्धुरा जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभामा नेपाल

डडेलधुरामा एमाले र कांग्रेस बीपीबिच तालमेल गर्ने सहमति

२६ असोज, डडेलधुरा। डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबिच अन्तिम समयमा तालमेल गर्ने सहमति बनेको छ ।एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ । कांग्रेस बीपीले एमालेका प्रदेश सभाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । ‘केन्द्रमा हामीलाई एमालेले सहयोग गर्छ । हामीले पठानसिंह बोहरोलाई प्रदेशमा सहयोग गर्छौं ।’ कांग्रेस बीपीका नेता […]

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल

आसन्न निर्वाचनमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । केन्द्रीय स्तरमा बनेको सत्तारुढ गठबन्धनको विपक्षमा गएर सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्ने निर्णय गरेको हो ।आगामी वैशाख ३० गते हुने निर्वाचनमा सुनकोशीको अध्यक्ष एमाले र उपाध्यक्ष माओवादी केन्द्रले लिने गरी तालमेल गर्ने सहमति भएको हो । उम्मेदवार फिर्ताको आज अन्तिम दिन दुवै पार्टीका उम्मेदवारले मनोनयन फिर्ता लिएर तालमेल गर्ने सहमति भएको हो । उम्मेदवारी फिर्ता

भरतपुरमा एमाले–राप्रपाबीच तालमेल

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा अन्तिम समयमा आएर नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ।आइतबार राति एमाले र राप्रपाले चुनावी तालमेल गर्ने सहमती गरेका हुन्। भरतपुरको मेयरमा राप्रपाले एमालेलाई सघाउने र उपमेयरमा राप्रपालाई एमालेले सघाउने सहमति भएको चितवन एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए।भरतपुरको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने निर्णय गरिसकेको छ। यसअघि एमालेसँग चुनावी  तालमेल गर्ने सहमति नभएको भन्दै राप्रपाले भरतपुर महानगर

‘वीरगंज महानगरमा एमाले र लोसपाबीच तालमेल भएको छैन’

वीरगंजः आसन्न स्थानीय तहको चुनावमा मधेश प्रदेशको एक मात्र महानगर वीरगंजमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच कुनै पनि तालमेलको निर्णय नभएको दलहरुले प्रस्टीकरण दिएका छन्। महानगरमा तालमेल भएको समाचार गलत भएको दुबै दलले बताएका छन्। एमाले पर्साका नेता एवं केन्द्रीय सदस्य राजकुमार गुप्ताले तालमेलको प्रयास भए पनि…

'कञ्चनपुरमा गठबन्धनले असली तालमेल गरे एमाले सकिन्छ'

कञ्चनपुर : सत्तारूढ नेपाली कांग्रेसले स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेपछि नेकपा (एमाले) अप्ठेरो अवस्थामा पुगेको छ।पार्टी विभाजनपछि कमजोर देखिएको एमालेलाई सत्ता गठबन्धनको चुनावी तालमेलले झन् अप्ठेरो पारेको छ।कांग्रेसले स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ। त्यसपछि गठबन्धन आबद्ध दलहरुमा भने उत्साह देखिएको छ। उनीहरू तालमेलका लागि छलफल अघि बढाउने मनस्थिति बनाएका छन्।सत्ता गठबन्धनबीच चुनावी तालमेलमा सहम

मसालले एमाले र राजावादीसँग तालमेल नगर्ने

काठमाडौं, ३ फागुन । नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग तालमेल नगर्ने भएको छ । पार्टीको गत माघ २८ र २९ गते बसेको केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनमा आबद्ध दलसँग तालमेल गर्न सकिने निर्णय भएको जनाइएको छ । आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने पार्टीको नीति हुने […]

चुनावमा एमाले र राजावादीसँग तालमेल नगर्ने मसालको निर्णय

नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग कुनैपनि हालतमा तालमेल नगर्ने निर्णय गरेको छ ।  पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गर्दै सम्भव भएसम्म सत्ता गठबन्धनमा आबद्ध दलसँग भने तालमेल गर्न सकिने निर्णय गरेको छ । ‘आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने हाम्रो नीति हुने छ । तर त्यसो गर्दा राजावादी र एमालेसित कुनै पनि स्थानमा तालमेल नगर्ने हाम्रो नीति हुने छ’, मंगलबार बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव मोह