तेहरान -इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन ९ओएएनए० को १८औँ महासभा पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । महासभाले आज पारित गरेको घोषणापत्रमा गलत समाचार विरुद्ध मुकाबिला गर्न ओएएनएमा आवद्ध मुलुकहरूका समाचार समितिबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उल्लेख छ । समाचार समितिबाट उत्पादन हुने समाचार तथा रिपोर्टको विश्वसनीयता बढाउने घोषणापत्रमा जनाइएको छ […]