स्थानीय चुनावबारे सत्ता गठबन्धनको निहित लुकेको स्वार्थ के छ त्यो हामीले थाहा पाउने र भन्न सक्ने कुरा भएन । तथापि संविधान र कानुनले जे कुराको व्यवस्था गरेको छ त्यसले सबै दलहरु अहिले नलाग्दा अथवा तर्क–वितर्क निकाल्दा हामी सबैमा एउटा दुविधा, अन्याेल, शङ्का एवम् भ्रम सिर्जना गरेको छ ।
आवधिक निर्वाचन गर्ने जुन संवैधानिक व्यवस्था छ, यो लोकतन्त्रको एउटा आधारशिला अनि मर्म पनि हो । अथवा आत्मा हो भने पनि हुन्छ । जहाँ आवधिक निर्वाचन हुन्छ त्यहाँ हामी लोकतन्त्रको कल्पना गर्न सक्छौँ । लोकतन्त्रको संरक्षण, सम्वर्द्धन भएको देख्न प...