नयाँ संविधान निर्माणको अन्तिम चरणमा मधेसकेन्द्रित दलले संविधानसभा बहिष्कार गरी मधेसमा आन्दोलन, नाकाबन्दी र संविधान बहिष्कारको घोषणा गरेका थिए। उक्त आन्दोलनको प्रमुख नेतृत्वकर्ता थिए, राजपा अध्यक्ष महन्थ ठाकुर। सौभाग्य वा समयको नियति, तिनै महन्थले आइतबार राष्ट्रपतिबाट संविधानको वफादारिताको शपथ खाए र अरू सांसदलाई पनि खुवाए। शपथग्रहण समारोहमा सांसदहरू आ–आफ्नो सांस्कृतिक र जातीय पहिरनमा सहभागी भएका…