एमालेले संसद् अवरुद्ध गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गर्ने भएको छ । बुधबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संसदीय दलको बैठकले संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो । एमाले फुटाउने षड्यन्त्रमा सभामुख नै लागेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । ओलीले भने,‘हाम्रो पार्टी फुटाउने सभामुखले अध्यक्षता […]

सम्बन्धित सामग्री

संसदीय छानबिन समिति माग गर्दै एमालेद्वारा संसद् अवरुद्ध

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण चित्त नबुझेपछि प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा अवरुद्ध गरेको छ । अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरेको हो । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मामाथि छानबिन समितिको माग गर्दै संसदीय समिति गठन नभएसम्म संसद् चल्न […]

एमालेले सत्ता बर्हिगमनको पीडा संसद् अवरुद्ध गरेर पोख्योः मन्त्री खनाल

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले एमालेले संसद् अवरुद्ध गरेर सत्ता बहिर्गमनको पीडा पोखेको बताएका छन् । उनले बिहीबार रातोपाटीसँग कुराकानी गर्दै एमालेले सत्ता गुमेको पीडा पोख्नका लागि अनेक मुद्दाहरु उठाएर संसद् अवरुद्ध पारिरहेको बताए ।विगतमा सत्तामा रहेका बखत हालीमुहाली गरीरहेको एमाले एकाएक सत्ता बाहिर बस्नु पर्दाको पीडाले संसद् अवरुद्ध गर्दै आएको मन्त्री खनालले बताए । ‘एमालेले संसद् अवरुद्ध गरेर सत्ता बर्हिगमनको पिडा

‘संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्त्वका विषय ओझेलमा परे’

ताप्लेजुङ । नेपाली काँग्रेसका सह महामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरहेकाले कतिपय महत्त्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् । उनले संसद् अवरुद्ध हुँदा केही महत्त्वपूर्ण विधेयक पारित हुन नसकेका साथै विकास निर्माणका विषय पनि ओझेलमा परेको बताए । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद्मार्फत सम्बोधन हुनुपर्ने […]

एमसिसी पास गर्न अवरुद्ध संसद् खुलाउने कसरत

काठमाडौं, पुस २३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक खुलाउन सरकारले सक्रियता देखाउन थालेको छ। संसद् अधिवेशन नवौं अधिवेशनदेखि अवरुद्ध छ। गत भदौ २३ मा बसेको नवौं अधिवेशन गत कात्तिक १२ गते अन्त्य भएको थियो। सो समयभरी एमाले अवरुद्ध गरिरहेको थिए। दशौं अधिवेशन अर्थात् हिउँदे अधिवेशन मंसिर […]

संसद् अवरुद्ध भइरहँदा एमाले सांसद नै बेखुसी

एमालेका केही सांसदले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्न नहुने तर्क अघि सारेका छन् भने केही सांसदहरू एमसिसीमा संसद्ले निर्णय गरेपछि मात्र संसद् बैठक सुचारु गर्नुपर्ने मत राखेका छन्।...

संसद् अवरुद्ध गर्नु अदालतको फैसलाविपरीत : माधव नेपाल

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसलाविपरीत संसद् अवरुद्ध पारेको बताएका छन्।आइतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणा सभामा बोल्दै उनले केपी ओली अदालतको सो फैसलालाई मान्य पक्षमा नरहेको दावी समेत गरे।उनले सर्वोच्च अदालतको सो फैसलालाई अस्वीकार गर्दै संसद् अवरुद्ध पारेर नेकपा एमालेले संविधानलाई चुनौती दिने काम गरेको दाबी समेत गरे।नेपालले अदालतको फैसलालाई स्वीकार नगर्नेले स

संसद् अवरुद्ध गरेर एमालेले संविधानलाई चुनौती दियो : माधव नेपाल (भिडियोसहित)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले सर्वोच्च अदालतको फैसलाविपरीत संसद् अवरुद्ध गरिरहेको बताएका छन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुअघि दलको ह्विप नलाग्ने सर्वोच्च अदालतको फैसलाविपरीतको...

संसद् बैठक अवरुद्ध गर्नुको औचित्यमाथि भीम रावलको प्रश्न

नेकपा एमालेका नेता भीम रावलले संसद् बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन् ।  सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसद्का बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन् । उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहेको छैन भन्दै प्रश्न गरेका छन् ।  उनले भनेका छन्,'यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।' उनको दल नेकपा एमालेले लगातार संसद् अवरुद्ध गर्दै आएको छ ।

संसद् अवरूद्ध गर्नुको औचित्य छैन : भीम रावल

एमाले नेता भीम रावलले संसद् बैठक अवरुद्ध गर्न नहुने बताएका छन् । आइतबार साँझ ट्विट गर्दै रावलले सरकारका सबै कामकारबाही हुन दिई संसद् अवरूद्ध गरेको भन्नुको औचित्य नहुने बताएका छन्...

एमालेले संसद् अवरुद्ध पार्दा जे देखियो (फोटोफिचर)

काठमाडौं, २७ भदौ । आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अवरोध गरेको छ । बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले नाराबाजी गरेर संसद् बैठकमा अवरोध गरेका थिए । आफ्नो पार्टीले निश्काषन गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमाले सांसदहरुले भदौ २३ गतेदेखि संसद् बैठक अवरुद्ध पार्दै आएका छन् । […]