भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका भूमिहीनलाई भूमिपति बनाएर मात्र विश्राम लिने बताएकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २३ ले आयोजना गरेको नापी कार्यको शुभारम्भ तथा नयाँ निस्सा वितरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मेयर दाहालले रफ्तारमा काम सम्पन्न गरी विश्राम लिने बताएकी हुन् ।२९ वटा वडाको लालपुर्जा वितरण गर्ने कार्य अब कुनै पनि कारण र बहाना गरेर नरोकिने उनको भनाइ छ । वर्षौदेखि रोकिएको गाँउ ब्लकको कार्यक्रम अन्तरगत भरतपुर २९ मा लालपुर्जा वितरण गर्नुका साथै वडा नम्