पश्चिम चितवन मेडिकल 'हब' बन्दै छ : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पश्चिम चितवन मेडिकल सिटीका रूपमा विकास हुने क्रममा अघि बढेको बताउनुभएको छ । भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर–२५ को प्रभात माध्यमिक विद्यालयमा सञ्चालन भएको एकीकृत स्वास्थ्य शिविरको आज मङ्गलवार उद्घाटन गर्दै मेयर दाहालले पश्चिम चितवनमा ठूला–ठूला स्वास्थ्य पूर्वाधारहरू निर्माण हुन लाग्नु गर्वको विषय रहेको उल्लेख गर्नुभयो । उहाँले पश्चिम चितवनवासी अबको केही समयपछि उपचारका लागि भरतपुर बजार जानपर्ने समस्या हटेर जाने दाबी गर्नुभयाे ।  ‘शिवन...