४६ गाउँपालिकाको नाम परिर्वतन हुँदै

नाम परिर्वतन गर्न माग राखेका गाउँपालिकामध्ये ४६ गाउँपालिकाको नाम परिर्वतन हुने भएको छ । स्थानीय विकास मन्त्रालयले ४६ गाउँपालिकाको नाम परिर्वतन गर्न गत बुधवार मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले स्थानीय मन्त्रालयको प्रस्तावलाई पास गर्ने सम्भावना रहेको मन्त्रालयले स्रोतको भनाइ छ ।

सम्बन्धित सामग्री

कोशी प्रदेश : यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौँ : कोशी प्रदेश सरकार मन्त्रिपरिषद्ले वराहपोखरी गाउँपालिकाको नाम परिर्वतन गर्न संघ सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ। सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री समशेर राईले जानकारी दिए।उनले वराह पोखरी नामलाई संशोधन गरि बाराहापोखरी गाउँपालिका राख्न लागि आवश्यक प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट आएको हुनाले सोहीअनुसार संघ सरकारलाई संशोधन प्रस्ताव सिफारिश गर्ने निर्णय

बराहपोखरीको नाम र कानेपोखरीको केन्द्र परिवर्तन गर्न सिफारिस

कोशी प्रदेश सरकारले बराहपोखरी गाउँपालिकाको नाम परिर्वतन गर्न संघ सरकारलाई सिफारिस गरेको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए । रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक शनिबार साँझ दुर्घटना हुँदा उहाँको मृत्यु जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । कच्ची, साँघुरो र चिप्लो सडकका कारण दुर्

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए ।   रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको रा४प ४८१ नंको मोटरसाइकल अनियन्त्रित भई माडी गाउँपलिका–४ तार्केबाङ नजिक...

मादीका व्यावसायिक किसानलाई ५०% अनुदानमा हाते ट्र्याक्टर वितरण

जेठ २६, कास्की । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मंगलवार कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा २४ ओटा हातेट्र्याक्टर वितरण गरेको हो । गाउँपालिकाको १ देखि १२ वडाका कृषक, कृषक समूह तथा कृषि व्यवसायमा संलग्न संघ संस्थाबाट प्रस्ताव आह्वान गरिएकोमा ६१ जनाले माग गरेका थिए ।  पहिलो चरणमा ‘सात हर्सपावर’का २४ ओटा ट्र्याक्टर कृषकलाई उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । प्रति ट्र्याक्टर रू. ५४ हजार मूल्यमा कृषकहरूले ५० प्रतिशत साझेदारी गरेका छन् । अध्यक्ष गुरुङका अनुसार कृषकको व्यावसायिक योजनाको मूल्यांकनका आधारमा थप १७ जना कृषकलाई दोस्रो चरणमा ट्र्याक्टर वितरणको योजना रहेको छ । जमीन खनजोतका लागि गोरु पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरू हाते ट्र्याक्टरतर्फ आकर्षित हुन् । गाउँपालिकाले कृषिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरुङले भने, ‘कृषि व्यवसायलाई समयानुकूल परिर्वतन गर्दै यान्त्रिकीकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउँदै रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धिको योजना छ । समृृद्ध मादी निर्माणका लागि कृषि, पर्यटन, जलस्रोत, वन, पूर्वाधारसहित समन्यायिक समृद्धिलाई जोड दिएका छौँ ।’ कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रिकीकरण, विशिष्टीकरण, व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने नीति गाउँपालिकाले लिएको बताइन्छ ।  हाते ट्र्याक्टरसहित थ्रेसर, असिना छेक्ने जाली, प्लाष्टिक टनेललगायतका कृषि औजार उपकरणमा अनुदान दिने कार्यक्रम कृषितर्फ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए । रासस

जुम्लाको तिला गाउँपालिकाको वडा र सीमाना परिवर्तन गरिने

–पंखबहादुर शाही  सुर्खेत । जुम्लाको तिला गाउँपालिकाको वडा र सिमाना परिवर्तन गरिने भएको छ । प्रदेश सरकारले तिलाको वडा र सिमाना परिर्वतन गर्न केन्द्र सरकारलाई सिफारिस गरि पठाउने निर्णय गरेको  हो  । प्रदेश सरकारको गत पौष २८ गते बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेकी ...

मध्यपहाडी राजमार्ग : पोखरा महानगरमा नयाँ ‘एलाइनमेन्ट’ खोजी

राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्गको पोखरा महानगर खण्डमा नयाँ रेखाङ्कन (एलाइनमेन्ट) को सम्भाव्यता अध्ययन शुरु गरिएको छ । कास्की र लमजुङको सीमा रुदी दोभानबाट कास्कीको पूर्वी क्षेत्र मादी गाउँपालिकाको भैँसेसम्मको १६ किमी सडकखण्डमा हालै बोलपत्र आह्वान भए पनि त्यसयताको एलाइनमेन्ट टुङ्गो लागेको छैन । पोखरा खण्डमा पहिलाको राजमार्गको एलाइनमेन्ट परिर्वतन गर्न माग भएपछि मध्यपहाडी राजमार्ग आयोजनाले महानगरमा नयाँ रेखाङ्कनको प्राविधिक सम्भाव्यता अध्ययन शुरु गरेको हो ।          भैँसेबाट राजमार्ग कुन बाटो हुँदै पोखरा बाग्लुङ राजमार्गको याम्दी जोड्ने भनेर प्रदेश सरकार, पोखरा महानगर तथा मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले दुई/तीनवटा सम्भावित रेखाङ्कनको अध्ययन गरेको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख एवं डिभिजनल इञ्जिनीयर मेघराज मरासिनीले बताउनुभयो । पहिलाको डिजाइनअनुसार राजमार्ग विस्तार गर्दा पोखरा बजार क्षेत्रमा ठूलो सङ्ख्यामा घर विस्थापित हुने भएपछि महानगरले माथिल्लो भेग हुँदै एलाइनमेन्ट परिर्वतन गर्न माग गरेको हो ।          मादी गाउँपालिकाले आफ्नो धेरै वडाहरु समेट्ने गरी माथिल्लो क्षेत्र हुँदै राजमार्ग लैजानुपर्ने बताएको छ । गाउँपालिकाले मध्यपहाडी राजमार्गलाई गाउँपालिकाको भैँसेबाट विस्तार गरी ज्याउदु, सबी, मेलबोट, पानीघाट हुँदै पोखरा महानगरपालिका–२० को मौजामा जोड्ने गरी राजमार्गको एलाइनमेन्ट थप गर्न कार्यपालिका बैठकबाटै राजमार्ग आयोजना निर्देशनालयलाई सिफारिस गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले बताउनुभयो ।

सल्यानका तीन गाउँपालिकाको नाम र केन्द्र फेरियो

सल्यान : सल्यानका तीन गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ। जिल्लाको कुमाखमालिका, ढोरचौर र दार्मागाउँपालिकाको नाम र केन्द्र परिर्वतन भएको हो। कुमाखमालिका गाउँपालिकामा नाम परिवर्तन गरेर कुमाख गाउँपालिका राखिएको छ भने केन्द्र रागेचौर र त्रिवेणीको बीचमा राखिने भएको छ। यसअघि, गाउँपालिकाको केन्द्र मर्मपरिकाँडाको पुरा...

दुधकोशी गाउँपालिकाको नाम ‘माप्य दुधकोशी’

सोलुखुम्बुको दुधकोशी गाउँपालिकाको नाम परिर्वतन गरि ‘माप्य दुधकोशी’ राख्ने सहमति गरिएको छ । खालिङ समुदायले ‘खालिङ दुधकोशी’ राख्नुपर्ने र गैर खालिङ समुदायले ‘दुधकोशी’लाई यथावत राख्ने अडान राखेपनि विवादलाई छिचोल्दै ‘माप्य दुधकोशी’ राख्ने सहमतिमा पुगेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए ।