सल्यानमा ठूला दलका ठूला नेता चुनावमा पछारिए

सल्यान : सल्यानमा क्रियाशील राजनीतिक  दलका ठूला नेताहरू नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्। जिल्लाका ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष तथा जिम्मेवार नेताहरू नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा थोरै मतले ध्रुवराज पुरीसँग विजयी भएका नेपाली कांग्रेसका जिल्ला सभापति केशव बहादुर विष्टले छत्रेश्वरी गाउँपालिका सल्यानमा नेकपा एमालेका जिल्ला सचिव ओज बहादुर बुढाथोकीसँग १ हजार २ सय ६९

सम्बन्धित सामग्री

सल्यानको बनगाड कुपिण्डेमा माओवादी केन्द्र विजयी

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमाले पराजित भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका निवर्तमान अध्यक्ष गोविन्द कुमार पुनलाई नेकपा माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीले पराजित गरेका हुन् ।सल्यानमा दुई ठूला नेता एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेका गुलाबजङ शाहको गृह पालिका समेत हो । यहाँ एकीकृत समाजवादी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । गठबन्धनका तर्फबाट माओवादीका कर्णबहादुर बुढाथोकीले ७  हजार ४ सय ६६ मत ल्याएर विजयी भएका छन् भने उन