लफङ्गा पनि स्तुति गाएर ठूला भए बेलुका बिहान दैलामा धाएर ठूला भए।। अहिले त आ–आफै मपाईँ भन्न थाले उहिलेका जन जनमा छाएर ठूला भए।। चियो चर्चाका कन्सुत्ला यहाँ कति कति यताका कुरा कता कता लाएर ठूला भए।। झुटो बिक्छ बजारमा किनबेचका लस्कर कोही कोही साँचो लेख्ने शायर ठूला भए।। खुशी तुल्याए ढाड कन्याइ बेला बेलामा […]