राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा ६ जनाले गरेनन् मतदान

जनकपुरधाम – मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा ६ जनाले मतदान गरेनन्। बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ जनाले मात्रै मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। मतदान नगर्नेमा ४ जना स्थानीय तहका जनप्रतिनिधि र २ जना प्रदेशसभा सदस्य रहेका छन्। प्याकुरेलले निर्धारित समयमा […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन: मधेशमा जन्मकैद पाएका सांसद शर्मा अनुपस्थित

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा प्रदेश सांसद अभिराम शर्माबाहेक सबै मतदाताले मतदान गरेका छन् । जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति भवनमा मतदान भएको थियो । मधेशमा महिला र अन्य समूह (खुला) गरी दुई पदमा आज मतदान भएको हो । मधेश प्रदेशमा १०७ जना सांसद छन् । जसमध्ये १०६ जना मतदान गरेका छन् । सशस्त्र […]

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा ३६६ मत खस्यो

जनकपुरधाम : राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशमा ९८ प्रतिशत मतदान गरिएको छ। कुल ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन्। कुल ३७२ मत रहेको यस प्रदेशमा ३६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए। प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको प्याकुरेलले बताए। प्रदेशसभा सदस्यतर्फ २ जना र…

राष्ट्रियसभा निर्वाचन : मधेशमा झडप, वाग्मतीमा विवाद

२१ सदस्यका लागि जारी राष्ट्रियसभा निर्वाचनमा सातवटै प्रदेशमा मतदान जारी छ । मतदानका क्रममा मधेश प्रदेशमा झडप भएको छ भने वाग्मती प्रदेशमा मतदाता र निर्वाचन अधिकृतबीच बाझाबाझ भएको छ । समाचार अनुसार मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको हो । जनमत पार्टीका कार्यकर्ताहरु निर्वाचनस्थलमा समेत प्रवेश गर्न खोजेपछि …

राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा कोरोना संक्रमित मतदाताका लागि छुट्टै बुथ

जनकपुरधाम । मधेश प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरस्थित महेन्द्रनरायण निधि भवनमा आज बुथ निर्माण गरिएको छ । मतदान केन्द्रमा तीनवटा बुथको व्यवस्था गरिएको छ । प्रदेशसभा सदस्य, नगर प्रमुख/उपप्रमुख र कोरोना संक्रमित मतदाताका लागि गरी छुट्टाछुट्टै बुथ निर्माण गरिएको निर्वाचन अधिकृत विरेन्द्र मिश्रले जानकारी दिए ।  मतदाताहरूले मतदान केन्द्रमा...

राष्ट्रियसभा चुनावः सबै प्रदेशमा गठबन्धनको सम्भावना, कति-कति छ मतभार?

काठमाडौँ – बुधबार हुने राष्ट्रियसभा चुनावको मौन अवधि चलिरहेको छ। राष्ट्रियसभा चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनले साझा उम्मेद्वार बनाएको छ भने प्रतिपक्षी एमालेले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको छ। राष्ट्रियसभा चुनावमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहेको निर्वाचक मण्डलबाट मतदान हुने संवैधानिक व्यवस्था छ। राष्ट्रियसभा निर्वाचन ऐनअनुसार प्रदेश सांसदको मतभर ४८ […]