काठमाडौँ – बुधबार हुने राष्ट्रियसभा चुनावको मौन अवधि चलिरहेको छ। राष्ट्रियसभा चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनले साझा उम्मेद्वार बनाएको छ भने प्रतिपक्षी एमालेले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको छ। राष्ट्रियसभा चुनावमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता रहेको निर्वाचक मण्डलबाट मतदान हुने संवैधानिक व्यवस्था छ। राष्ट्रियसभा निर्वाचन ऐनअनुसार प्रदेश सांसदको मतभर ४८ […]