२१ सदस्यका लागि जारी राष्ट्रियसभा निर्वाचनमा सातवटै प्रदेशमा मतदान जारी छ । मतदानका क्रममा मधेश प्रदेशमा झडप भएको छ भने वाग्मती प्रदेशमा मतदाता र निर्वाचन अधिकृतबीच बाझाबाझ भएको छ । समाचार अनुसार मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको हो । जनमत पार्टीका कार्यकर्ताहरु निर्वाचनस्थलमा समेत प्रवेश गर्न खोजेपछि …