मोदीका सुरक्षाकर्मी भैरहवामा

बुटवल - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपिजी (स्पेशल प्रोटेक्सन गार्ड) लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्याम किशोर साहका अनुसार भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ भैरहवामा अवतरण गरे...

सम्बन्धित सामग्री

गौतमबुद्ध विमानस्थल र नेपाल–भारत सम्बन्ध

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु नेपालका लागि महŒवपूर्ण उपलब्धि हो । तर, यो उपलब्धिसँगै नेपाल–भारत सम्बन्धमा नयाँ आयाम सृजनाको आंशका गरिएको छ । खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ । नेपालले गौतमबुद्ध विमानस्थल बनाउन थालेपछि  भारतले कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेकाले यस्तो आशंकालाई बलियो बनाएको हो । गौतमबुद्ध विमानस्थल उद्घाटन गरेकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुशीनगरबाट लुम्बिनी भ्रमणका लागि नेपाल आइपुगे । दिल्लीबाट कुशीनगरसम्म जहाजमा र कुशीनगरदेखि हेलिकोप्टर यात्रा गरेका मोदीले भैरहवा विमानस्थलमा अवतरण नगरी लुम्बिनीको हेलिप्याडमा अवतरण गरे । उनको सुरक्षा रेकी गर्न आएको भारतीय वायु सेनाको विमान भने भैरहवा विमानस्थलमा अवतरण गरेको थियो । यसको कूटनीतिक अर्थ भारतले भैरहवामा अन्तरराष्ट्रिय विमानस्थल नचाहेको भन्ने निकालिएको छ । भैरहवाबाट प्रवेश विन्दु नदिनुको कारण पनि यही रहेको विश्लेषण गरिएको छ ।   गौतमबुद्ध विमानस्थलका लागि पुरानै हवाई रुट प्रयोग गर्नुपर्ने बाध्यता छ । भैरहवा प्रवेशका लागि पश्चिमी नाका (महेन्द्रनगरदेखि भैरहवासम्म) को प्रवेश विन्दु दिन नेपालले आग्रह गरेको धेरै भइसकेको छ । तर, भारतले अहिलेसम्म यस्तो आग्रहको सुनुवाइ गरेको छैन । बरु, भैरहवानजिकै कुशीनगरमा अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेर नेपालले मागेको हवाई रुट नदिने संकेत गरिरहेको छ । यसले नेपाल भारत सम्बन्धलाई थप जटिल बनाउने सम्भावनासमेत देखिन्छ । पूर्वबाट आएका विमानका लागि साबिकको रुटले केही असर गर्दैन तर पश्चिमबाट आएका विमान भने सिमराबाट नेपाल प्रवेश गरी फेरि पश्चिमतिरै लाग्नुपर्छ । जसले गर्दा लागतको साथै  समय पनि बढी लाग्छ । भारत सिद्धान्तत: यो प्रवेश विन्दु उपलब्ध गराउन सहमत भइसकेको हो । तर, सुरक्षा अधिकारीले सुरक्षाको चिन्ता देखाएको भन्दै स्वीकृति दिन भने पछि हटेको छ । प्रधानमन्त्रीकै तहमा यो कुरा उठेर पनि यसबारे सहमति जुट्न सकेको छैन । भारतले २१ हजार फीटभन्दा माथिबाट आउने हो भने भैरहवा प्रवेशविन्दु दिन सकिने शर्त राखेको छ । तर यति उचाइबाट आएको विमानले भैरहवा विमानस्थलमा सिधै अवतरण गर्न सक्दैन, आकाशमै एकदुई फन्को लगाउनुपर्ने हुन्छ । भारतको यो प्रस्तावबाट पनि उसले भैरहवा विमानस्थल मन नपराएको संकेत गर्छ । यी विन्दुबाट नेपाल छिर्न नदिए पनि बाहिर निक्लन भने स्वीकृति दिएको छ । यसो गर्नुमा पक्कै पनि सुरक्षाको चासो हुन सक्छ । काठमाडौंकै विमानस्थलमा समेत उसले सुरक्षा चिन्ता व्यक्त गर्दै भारतीय सुरक्षाकर्मी राख्न पहल गरेको थियो । खुला सिमाना भएकाले सिमानानजिकै उसले नेपालको अन्तरराष्ट्रिय विमानस्थल नचाहेको र यही कारण पश्चिमको रुट दिन आनाकानी गरेको बुझ्न सकिन्छ । भोलिका दिनमा निजगढ विमानस्थलले पनि यही नियति भोग्न सक्छ । त्यस्तै उसले पश्चिमबाट नेपाल छिर्ने अन्य प्रवेश विन्दु पनि नदिने सम्भावना बढी छ । भैरहवामा विमानस्थल सञ्चालन गरेर नेपाले पूर्वाधारमा ठूलै फड्को मारेको देखिन्छ । तर रणनीतिक र व्यावसायिक सम्भावना हेर्न भने नपुगेको हो कि भन्ने देखिन्छ । चीनले बनाएको विमानस्थल भनेर मोदीले प्रयोग नगरेको अर्थ पनि लगाएको  पाइन्छ तर यो विमानस्थल एडीबीको ऋण सहयोगमा बनेको हो । अन्तरराष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएको चिनियाँ कम्पनीले यसको निर्माण गरेको हो । त्यसैले नेपालले ठूलै कूटनीतिक पहल गरेर मात्रै यो विमानस्थलका लागि पश्चिमतर्फको प्रवेश विन्दु प्राप्त गर्न सक्ने देखिन्छ । यसका लागि नेपालले भारतका केही शर्त मान्नुपर्ने पनि हुन सक्छ । नेपालले त्यस्तो क्षमता र चातुर्य देखाउन सक्ला त ?

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै, तयारी तीव्र

काठमाण्डाै - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुुम्बिनी भ्रमणका लागि तयारी तीव्र पारिएको छ । मोदी जेठ दुई गते गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने कार्यक्रम छ । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सुरक्षा व्यवस्था मिलाउन हिजो भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुम्बिनी आइपुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुम्बिनी पुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रम...

मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लागेका हुन्  ।भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुम्बिनी आइपुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुम्बिनी पुगेको र नेपाली सुरक

भारतका प्रधानमन्त्रीको लुम्बिनी भ्रमण तयारी तीव्र

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउनुहुने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उहाँ लुम्बिनी आउन लाग्नुुभएको हो । भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुुम्बिनी आइपुुगेको छ । भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो । टोली लुुम्बिनी पुुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुुभयो ।

सुरक्षाकर्मी र गाडि लिएर भारतीय सैनिक विमान भैरहवामा

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार कुटनीतिक उडान गर्दै आएको भारतीय वायु सेनाको इलुसियन विमान आईसी–७६ले सुरक्षाकर्मी र गाडी लिएर आएको हो। विमान आजै दिल्ली फर्कने छ।

मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान लुम्बिनीमा अवतरण

बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) को टोली लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ ।