पूर्ववत नेकपा एमाले १२१ र माओवादी केन्द्र ५३ सिटको अवस्थामा

काठमाडौँ । सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकताबाट बनेको नेकपा खारेज भएको छ । आइतबार अदालतले ऋषि कट्टेलको नेकपालाई वैधानिकता प्रदान गर्दै ओली प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरिदिएको हो । यससँगै उनीहरु पूर्ववत नेकपा एमाले र माओवादी केन्द्रको हैसियतमा फर्किएका छन् । वि.सं. २०७४ सालमा भएको निर्वाचनमा पूर्व एमालेले प्रत्यक्षतर्फ ८०... The post पूर्ववत नेकपा एमाले १२१ र माओवादी केन्द्र ५३ सिटको अवस्थामा appeared first on Purbeli News.

सम्बन्धित सामग्री

एमालेका ४१ नेता माओवादी केन्द्र प्रवेश

नेकपा (एमाले)का ४१ नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्। बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा, रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामालगायत ४१ जना माओवादी प्रवेश गरेका...

माओवादी केन्द्र प्रवेश गर्दै द्वारिकलाल चौधरी

विराटनगर । इटहरी उपमहानगरपालिकाका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौँ पुगेका छन् । चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन् । चौधरीले […]

कालीकोटको रास्कोटमा माओवादी केन्द्र विजयी

कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नगरप्रमुखमा धर्मराज शाही विजयी भएका हुन् । शाहीले ३ हजार ४७ मत प्राप्त गरे । उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का दयाराम सिंम्खडाले २ हजार ११७ मत ल्याएका छन् । उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) का मनिराज बराल विजयी भए । बरालले २ हजार ८०९ मत तथा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उमा शाहीले एक हजार ३०१ मत ल्याएकी छन् । रास्कोटमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

नेकपा एमाले पतनको बाटोमा छ: प्रचण्ड

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले पतनको बाटोमा अघि बढिरहेको बताएका छन्। सुरेश वाग्ले र भिमसेन पोखरेलको २२ औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालले सूर्य चिह्न र मदन भण्डारीको दुरुपयोग गरेर पैसा र प्रतिष्ठान आर्जन गर्न जानेको टिप्पणी गरेका हुन्। उनले भने, […]

माओवादी केन्द्र खारेजीको माग गर्दै एमाले नेताहरु निर्वाचन आयोगमा

काठमाडौं, २३ असार । नेकपा (एमाले) मा आवद्ध नेताहरु पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका छन् । यसरी माओवादी केन्द्र खारेजीको माग गर्र्दै आयोग पुग्ने नेताहरुमा लिलबहादुर थापा, दिने पन्थी, गिरीाधारी न्यौपाने, रामचन्द्र मण्डल र सरोग बुढाथोकी रहेका छन् । बुढाथोकी भने अधिवक्ता हुन् । उनीहरुले माओवादी केन्द्र अवैधानिक […]

एमाले र माओवादी केन्द्र अलग भएको पत्र संसद सचिवालयमा

२६ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए । […]

आयोगले एमाले र माओवादी केन्द्र ब्युँताउने काम आजदेखि सुरु गर्ने

काठमाण्डौ - निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ । हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आजदेखि आवश्यक काम थाल्न लागिएको आयोगले जनाएको छ आयोगमा सन्ध्या तिवारीको नेतृत्वमा नेकपा एमाले दर्ता छ । त्यस्तै गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता छ । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि पत्राचार गर्ने तयारी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । २०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्...

सर्वोच्चको फैसलासँगै ब्यूँतियो नेकपा एमाले र माओवादी केन्द्र

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ । नेकपा बारेको रिटमाथि अदालतमा आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो । ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट... The post सर्वोच्चको फैसलासँगै ब्यूँतियो नेकपा एमाले र माओवादी केन्द्र appeared first on Purbeli News.

सर्वोच्च अदालतले ब्यूँताइदियो एमाले र माओवादी केन्द्र

२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेको छ । र,  नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषि कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा […]