काठमाण्डाै – केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्र बिउँतिएसँगै यसको असर प्रदेशमा पनि देखिएको छ । सङ्घमा नयाँ सत्ता समीकरणको कसरत चल्दै गर्दा प्रदेशमा पनि सरकार फेरबदलको बहस सुरु भएको छ ।
अहिले सात प्रदेशमध्ये प्रदेश २ बाहेक अन्य प्रदेशको सरकार नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले नेतृत्वमा प्रदेश सरकार छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार छ । केन्द्रमा पार्टी पहिलेकै अवस्थामा फर्किएकाले प्रदेश सरकार पनि फेरबदल हुँदा माओवादीको...