पालको आन्तरिक राजस्व परिचालनको स्थितिलाई कम्तीमा कुल गार्हस्थ उत्पादनको सापेक्षतामा दक्षिण एसियामा सबैभन्दा राम्रो मानिन्छ । गत आर्थिक वर्ष नेपालले आठ खर्ब ४१ अर्ब ३५ करोड ९८ लाखबराबरको राजस्व परिचालन गरेको थियो, जुन त्यस वर्षको कुल गार्हस्थ उत्पादनको २२.३ प्रतिशत थियो । आर्थिक वर्ष २०७२÷०७३ देखि यो २० प्रतिशतभन्दा माथि नै रहँदै आएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा त यो २४.३ प्रतिशतसम्म पुगेको थियो । त्यसमध्ये कर राजस्व सात खर्ब पाँच करोड ४९ लाख थियो, जुन कुल राजस्वको ८३.२ प्रतिशत र कुल गार्हस्थ उत्पादनको १८.६ प्रतिशत थियो । दक्षिण एसियाली मुलुकको स्थिति यस्तो छैन भन्ने कुरा तलको तालिकाले देखाउँछ ।