असारे विकास र खर्चको प्रवृत्ति

असारमा हुने काम र खर्च स्वाभाविक हो भनेर यथास्थितिमा बस्न मिल्दैन, यो गलत प्रवृत्ति हो, यसलाई सुधार गर्नुपर्छ  नेपालमा असार मसान्तमा आर्थिक वर्ष सकिन्छ । सोहीअुनसार सरकारको वार्षिक बजेट पनि १ साउनदेखि...

सम्बन्धित सामग्री

टिप्पणी : असारे विकास र मनोवृत्ति

आर्थिक वर्षको अन्तमा हतारहतार बजेट सक्नेगरी हुने विकास निर्माणका कार्यको बेथिति चालू आर्थिक वर्षमा पनि देखिएको छ । असार लागेपछि ४ दिनमा नै १४ अर्ब रुपैयाँ खर्च भएको छ । काम अन्तिम समयमा सम्पन्न गर्ने नेपालमा मात्र नभई संसारभरिकै मान्छेहरूको मानसिकता हो । विकसित मुलुकले कुन काम कुन समयमा गर्ने भन्नेबारे निश्चित योजना बनाई त्यहीअनुसार कानून तर्जुमा गरेका हुन्छन् । तर, नेपालमा विकास निर्माणका काम समयमै सम्पन्न हुनुपर्छ भन्ने योजना बने पनि कार्यान्वयन हुन सकेको छैन । यसो हुनुको मुख्य कारण फितलो कानून हो ।  यसका लागि वित्तीय उत्तरदायित्व ऐन पनि छ । तर त्यसको पनि प्रभावकारी कार्यान्वयन भएको छैन ।  त्यसैले लक्ष्यअनुसार काम सम्पन्न भएन वा गरिएन भने दण्ड दिने कानूनको आवश्यकता पर्छ । कुनै पनि आयोजनाको जिम्मा लिने वा फिल्ड स्तरमा खटिने कर्मचारी सबैले योजनाअनुसार काम गरेनन् भने दण्ड दिइनुपर्छ । वित्तीय उत्तरदायित्व ऐनले सानालाई मात्रै कारबाहीको दायरामा ल्याउन खोजेको छ ।  त्यसैले माथिल्लो तहमा बसेकालाई नै दण्ड गरिनुपर्छ । उदाहरणका लागि अर्थमन्त्रीले लक्ष्यअनुसार राजस्व संकलन गर्न वा पूँजीगत खर्च गर्न नसक्दा अर्थमन्त्रीलाई किन कारबाही नगर्ने ?  ज्यादै ठूलो अन्तरले लक्ष्य असफल हुँदा पनि चित्तबुझ्दो जवाफ नदिनु गैरजिम्मेवारी नै हो । यस्तो अवस्थामा मन्त्री पनि सजायको भागीदार हुनुपर्छ । मन्त्री नै कारबाहीमा पर्न थालेपछि अरूलाई पनि त्रास हुन्छ । अहिले त काम गरे पनि ठीकै नगरे पनि केही छैन जस्तो हुने गरेको छ ।  असारमै बढी खर्च हुनुको दोष समयमा ठेक्का नलाग्नुलाई दिने गरिएको छ । तर, अहिलेको मानसिकतामा परिवर्तन नहुने हो भने वर्षको शुरुआतमै ठेक्का लागेपनि ढिलासुस्ती भई नै रहन्छ ।  बजेट ढिला भएकाले यसो भएको भन्ने भनाइ आएपछि संविधानमै जेठ १५ गते बजेट ल्याउने अनिवार्य व्यवस्था गरियो । तर यसले तात्विक फरक ल्याउन सकेन । त्यसैले दण्ड र जरीवानाको स्पष्ट मापदण्ड बनाई त्यसअनुसार काम नगरेसम्म पूँजीगत खर्चमा सुधार हुने सम्भावना देखिँदैन ।

बुटवल उपमहानगरले बनायो असारे विकास रोक्ने गरी कार्यसञ्चालन तालिका

बुटवल – रूपन्देहीको बुटवल उपमहानगरपालिकाले असारे विकास रोक्ने गरी विकास निर्माणमा सम्झौता गर्न कार्यसञ्चालन तालिका बनाएको छ। आइतबार बसेको कार्यपालिका बैठकले मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने तालिका स्वीकृत गर्ने निर्णय गरेको हो। मंसिरभित्र उपभोक्ता समितिसँग सम्झौता गर्ने र माघभित्रै ठेक्का प्रक्रियाबाट सञ्चालन हुने योजनाहरुको सम्झौता गर्ने […]

असारे विकास

आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय घर्किएपछि बजेट खर्च गर्नुपर्ने सरकारी प्रवृत्तिलाई चलनचल्तीमा असारे विकासको रुपमा बुझ्ने र बुझाउने गरिन्छ । नेपालमा जुनसुकै दलको सरकार आएपनि असारे विकासले निरन्तरता पाइरहेको छ । बजेट खर्चमा प्रगति देखाउन हतार– हतारमा काम गर्दा विकास आयोजनामा गुणस्तरीय काम नहुने त निश्चित नै छ र यसको सोझो सम्बन्ध […]

असारे भेलजस्तै नहोस् असारे विकास

गत वर्ष लकडाउनको समयमा नक्सालमा रहेको एउटा बैंकमा जानुपर्ने भयो । लकडाउनकै कारण सडकमा भिडभाड र धुलो, धुँवा नहुँदा कुमारीगालबाट कालोपुल हुँदै हिँडेर जाने विचार गरियो । ज्ञानेश्वरबाट हिँड्दै नागपोखरीबाट नक्सालमा रहेको प्रहरी प्रधान कार्यालयको बाटो हुँदै फर्किइयो । फर्किंदा जब गहना पोखरी हाँडीगाउँ अनि भत्केपुल हुँदै चावहिल गणेशथान पुगियो, मलाई काठमाडौं नभई भिन्नै सहरमा […] The post असारे भेलजस्तै नहोस् असारे विकास appeared first on राजधानी राष्ट्रिय दैनिक.

चैतमै भयो असारे विकास

झापा, बैशाख २ । अरू बेला असारमा पानी पर्दै गर्दा बन्ने बाटा र ढलजस्ता निर्माणकार्य यस वर्ष फागुन, चैतमै भए । चालू आर्थिक वर्ष २०७८/०७९ सकिन अझै तीन महिना बाँकी छँदै त्यस्ता केही आयोजना बन्द पनि भइसके । आर्थिक वर्ष समाप्त हुन लाग्दा हतार गरेर काम गरिने र त्यस्ता कामको गुणस्तर कमजोर हुनेहुँदा त्यसलाई असारे […]

चैतमै भयो असारे विकास

अरू बेला असारमा पानी पर्दै गर्दा बन्ने बाटा र ढलजस्ता निर्माणकार्य यस वर्ष फागुन, चैतमै भए । चालू आर्थिक वर्ष २०७८/०७९ सकिन अझै तीन महिना बाँकी छँदै त्यस्ता केही आयोजना बन्द पनि भइसके । आर्थिक वर्ष समाप्त हुन लाग्दा हतार गरेर काम गरिने र त्यस्ता कामको गुणस्तर कमजोर हुनेहुँदा त्यसलाई असारे विकास भन्ने गरिन्थ्यो ।अरू बेला भर्खर–भर्खर सुरु हुने काम यस वर्ष भने वैशाख नलाग्दै त्यस्ता केही आयोजना सकिएका हुन् । सामान्यतः असारमा हुने विकास निर्माणकार्य चैतमै सकिएका हुन् । यो वर्ष स्थानीय

प्रदेश र संघीय सरकार नै असारे विकासका कारक, दोष स्थानीयलाई : नगरप्रमुख थापा

उनले सोही कारण स्थानीय तहले असारे विकास भएको देखिने बताए। ‘असारे विकासलाई नसुधारी हुन्न, प्रदेश र संघीय सरकारले जेठमा सम्झौता गराउँछ, अनि असारे विकास गर्यो भनी स्थानीय सरकारलाई दोष।’ उनको भनाइ छ।...

असारे विकास : २६ करोड लागतमा गरिएको कालोपत्रे एक महिना नबित्दै भत्कियो

काठमाडौं । असारे विकासको उत्कृष्ट नमुना सिन्धुलीको दुधौली नगरपालिकामा देखिएको छ । वडा नम्बर १० लखिमाबाट वडा नम्बर १३ ठाकुर दमारसम्म जाने सडकखण्डमा गरिएको कालोपत्रे एक महिना नबित्दै उप्किएको छ । राम्ररी रोलर नै नगरीकन कमसल ‘मटेरियल’ प्रयोग गरिएका कारण कालोपत्रे उप्किएको स्थानीयले बताएका छन् । १२.५ किलोमिटर लम्बाइको यो सडक दुई खण्डमा विभाजित गरेर पिच गरिएको थियो । […]

असारे विकास : बजेट बग्दैछ यही हिलोमा

आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे विकासले दिगो विकासको सट्टा प्राकृतिक विपद् उन्मुख गराएको छ। नागरिकलाई सुविधाको नाममा सास्ती मिलेको छ। ०७६र७७ को असार मसान्तभित्रै स्तरोन्नति सक्नुपर्ने सतीघाट दिङ्ला सडक खण्