ओली प्रवृत्ति  र केशरजंग रायमाझी प्रवृत्ति एउटै हो : जगप्रसाद शर्मा

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटीका सचिव जगप्रसाद शर्माले गत दुई महिनादेखि र अब पनि केपी ओली प्रवृत्ति विरुद्धको लडाई लडिने बताएका छन् ।शनिबार  सो पार्टी गुल्मी जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता शर्माले भने, ‘केपी ओली व्यक्ति विरुद्धको लडाई होइन यो केपी ओली प्रवृत्ति विरुद्धको लडाई हो ।’‘केपी ओली ब्यक्तिलाइ मात्र दोष दिएर पुग्दैन । ताकी केपी ओली प्रवृत्ति जन्माउन यहाँको एउटा वर्गको