मधेसका मुख्य पालिकाहरुमा लोसपा र एमालेबीच चुनावी तालमेलको तयारी

मधेस प्रदेशका मुख्य पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नेकपा एमालेबीच तालमेलको तयारी भइरहेको छ । यद्यपि दुवै दलले आपसमा चुनावी तालमेलबारे आन्तरिक सहमति भए पनि औपचारिक रुपमा घोषणा गरिसकेका छैनन् ।वीरगञ्ज महानगरपालिकामा दुवै दलले तालमेल गर्ने भएका छन् । बिहीबार पर्सामा पत्रकार सम्मेलन गरेर यसबारे घोषणा गरिएको हो । मधेस प्रदेशका अन्य प्रमुख पालिका तथा प्रदेश १ को विराटनगर महानगरपालिकामा समेत आपसमा तालमेल गर्ने गरी तयारी भइरहेको स्रोतको भनाइ छ ।स्रोतका अनुसार विराटनगर महानगरपालिका, बाराको

सम्बन्धित सामग्री

सर्लाही–२ मा यादव–महतो प्रतिस्पर्धा

जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता पक्षसँग चुनावी तालमेल गर्ने निर्णय गर्‍यो।...

महोत्तरी–३ मा लोसपा अध्यक्ष महन्थ ठाकुरको उम्मेदवारी दर्ता

काठमाण्डौ – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले महोत्तरी क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाबाट ठाकुरले उम्मेदवारी दर्ता गराउनुभएको हो । यसअघि २०७४ सालको चुनावमा पनि उहाँ यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो ।

टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिदै लोसपा नेतृ सुरिता साह

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी नेतृ सुरिता कुमारी साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन्। लोसपाले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेपछि सुरिताको टिकट खोसिएको हो। उनले महोत्तरी २(ख)बाट प्रदेशसभामा फेरि चुनाव लड्ने तयारी गरेकी थिइन्। तर, सो क्षेत्र नेपाली कांग्रेसको कोटामा परेको छ। २०७४ सालको निर्वाचनमा महोत्तरी…

सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल हुने

काठमाडौँ – सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल हुने भएको छ । शनिबार बालुवाटारमा भएको बैठकमा उक्त सहमति भएको हो । सहमतिअनुसार मधेस प्रदेशमा लोसपाले प्रतिनिधिसभातर्फ ८ सिट र प्रदेशमा १३ सिट लिने छ । लोसपासँग सहमति भएसँगै गठबन्धनको बैठक बाँकि सिट बाँडफाँटमा केन्द्रित भएको छ ।

सत्ता गठबन्धन र लोसपाबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच मधेस प्रदेशमा मात्र चुनावी तालमेल गर्ने सहमति भएको छ । आज बालुवाटारमा भएको सहमति अनुसार मधेस प्रदेशमा प्रतिनिधिसभातर्फ ८ र प्रदेशसभातर्फ १६ सिट लोसपालाई दिने सहमति भएको लोसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले बताए ।छलफलमा सहभागी रहेका नेता कर्णले मधेस प्रदेशमा चुनावी तालमेल गर्ने तथा अन्य प्रदेशमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको बताए । सत्ता गठबन्धनबाट जसपा अलग भएपछि लोसपा त्यसमा सहभागी भएको थियो । गठबन्धनमा सहभागी भ

जसपा एमालेतिर लागेपछि लोसपालाई गठबन्धनमा भित्र्याउँदै कांग्रेस

पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएपछि गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गठबन्धनमा सहभागी गराउने भएका छन् ।

राष्ट्रपतिको ‘आशय’मा लोसपा असहमत

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा एमालेसँग चुनावी तालमेल नगर्ने संकेत देखाएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि इच्छुक लोसपाले एमालेसँगको तालमेलमा रुची देखाएको छैन ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउने आश्वासन दिएको भन्दै लोसपाका ‘पर्ख र हेर’को अवस्थामा छ । लोसपाका एक नेताले भने, ‘हामी प्रधानमन्त्रीसँग नजिक छौं । उहाँहरुको आन्तरिक सिट बाँडफाँट भइरहेकाले अहिले केही भनेका छैनौं । संवाद सकारात्मक नै छ ।&

एक पालिकाबाहेक कतै छैन लोसपा र जसपाबीच तालमेलको सम्भावना

काठमाडौँ । जसपा नेपाल र सोही पार्टीबाट विभाजन भइ बनेको लोसपा नेपालबीच एउटा पालिकाबाहेक कतै चुनावी तालमेलको सम्भावना देखिएको छैन । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपालले कैलालीमा मात्र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग चुनावी तालमेल गर्ने भएको हो ।दुई दलबीच कैलालीमा चुनावी तालमेल गर्नेबारे वैशाख ३ गते सहमति भएको थियो । त्यसबाहेक अन्यत्र कतै पनि यी दुई दलबीच चुनावी तालमेलको सम्भावना देखिएको छैन । मधेस प्रदेशमा जसपा र लोसपाको राम्रो संगठन छ । यो प्रदेशमा १३६ पालिका छन् । ती

कैलालीमा गठबन्धन तोड्दै जसपाले लाेसपासहित अन्य दलसँग चुनावी तालमेल गर्ने

धनगढी – पाँच दलीय सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही साना दलसँग चुनावी तालमेल गर्ने भएको छ । जसपाले आफ्नै पार्टीबाट अलग्गिएको लोसपासँगै रेशम चौधरी र लक्ष्मण चौधरीले गठन गरेको नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्ने भएको हो । सत्ता गठबन्धनले सुदूरपश्चिम […]

मधेश प्रदेशमा एमाले र लोसपाबीच चुनावी तालमेल

माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश प्रदेशमा चुनावी तालमेल गरेका छन् । एमाले र लोसपाले १/१ सीट बाँड्दै चुनावी तालमेल गरेका हुन् । एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव र लोसपा मधेस प्रदेश कमिटी अध्यक्ष जितेन्द्र सोनलले संयुक्त विज्ञप्ति प्रकाशित गरी तालमेलको जानकारी गराएका हुन् । विज्ञप्तिअनुसार एमाले उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रूपाकुमारी यादवलाई मतदान गर्ने सहमति भएको छ । राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले पनि ता...