राष्ट्रपतिको ‘आशय’मा लोसपा असहमत

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेकपा एमालेसँग चुनावी तालमेल नगर्ने संकेत देखाएको छ । सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि इच्छुक लोसपाले एमालेसँगको तालमेलमा रुची देखाएको छैन ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनमा सहभागी गराउने आश्वासन दिएको भन्दै लोसपाका ‘पर्ख र हेर’को अवस्थामा छ । लोसपाका एक नेताले भने, ‘हामी प्रधानमन्त्रीसँग नजिक छौं । उहाँहरुको आन्तरिक सिट बाँडफाँट भइरहेकाले अहिले केही भनेका छैनौं । संवाद सकारात्मक नै छ ।&

सम्बन्धित सामग्री

चोलेन्द्रमाथि महाअभियोग लगाउन एमाले र लोसपा असहमत

काठमाडौं । महाअभियोग सिफारिस समितिले तयार पारेकाे निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको प्रतिवेदनमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले फरक मत राखेका छन् । ११ सदस्यीय समितिमा ६ जना महाअभियोगको पक्षमा रहेका छन् भने ५ जना विपक्षमा रहेका छन् । प्रतिवेदनको अन्तिम निष्कर्षमा एमाले र लोसपाका सदस्यहरुले महाअभियोगका लागि प्रमाण नपुग्ने भन्दै फरक मत […]