जसपा एमालेतिर लागेपछि लोसपालाई गठबन्धनमा भित्र्याउँदै कांग्रेस

पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएपछि गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई गठबन्धनमा सहभागी गराउने भएका छन् ।