पोखरा : गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’ बुधबार बोलाइएको प्रदेश सभा बैठकमा अनुपस्थित भएका छन्। मनाङ ‘ख’ बाट स्वतन्त्र चुनाव जितेका गुरुङ माओवादी र एमाले एकजुट भएर पार्टी एकता गरेपछि कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए।गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले माओवादी र एमालेलाई साबिककै अवस्थामा फर्काइदिएपछि उनी आफू स्वतन्त्र बताउँदै आएका थिए। तर, केही दिनदेखि सांसद गुरुङले राजमोले जुन पक्षलाइ समर्थन गर्छ आफूले पनि उसैलाइ सहयोग गर्ने अभिव्यक्ति&nbs