गुल्मी : जिल्लामा बदर मत कम गर्न नमुना मतदान गरिएको छ। ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा बदर मत कम गर्न नमुना मतदान गरिएको हो। धुर्कोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालयमा जिल्ला सुरक्षा समिति र जिल्ला निर्वाचन अधिकारी लगायतको उपस्थितिमा नमुना मतदान गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सकेसम्म मत बदर कम गर्नका लागि अहिलेको अवस्थाको बारेमा जानकारी लिन नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिइन्।म