कुश्मा- पर्वतको महाशिला गाउँपालिकामा गए राति जीप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग २ च ६९० नम्बरको जीप महाशिला-५ काहुलेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो। दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी […]