वीपी प्रतिष्ठानको सुधारका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

असार १०, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बढ्दै गएको संस्थागत अनियमितता र भ्रष्टाचार लाई नियन्त्रण गर्दै प्रतिष्ठानको शुद्धिकरणको लागि माग गर्दैै विगत १० दिनदेखि आन्दोलनरत चिकित्सक तथा विद्यार्थीहरुले कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलिलाई ज्ञापन पत्र बुझाएका छन् ।  बिहीवार इलाका प्रशासन कार्यालय धरान मार्फत प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलिलाई ज्ञापन पत्र पठाएका हुन् । संयुक्त संघर्ष समितीका संयोजक डा. एसपी रिमालले ज्ञापन पत्र कार्यालय प्रमुखलाई बुझाएका हुन् । ज्ञापन पत्रमा प्रतिष्ठानमा देखिएका समस्याहरु तत्काल समाधानका निम्ति कार्य अघि बढाउननसकेको खण्डमा धरायसी हुने उल्लेख गरिएको छ ।  प्रतिष्ठानको कुलपतिको नाताले प्रतिष्ठानमा देखिएका समस्याहरुलाई हल गर्न निर्णायक पहलकदमी गर्ने जिम्मेवारी प्रधानमन्त्रीको रहेकाले पहलकदमीका लाई आग्रह गरिएको छ ।  प्रतिष्ठानको पहिलो समस्या चरम राजनितिकरण नै रहेको ठहर गर्दै पदाधिकारीको नियुक्तिमा राम्रोभन्दा हाम्रो भन्ने परिपाटीको अन्त्य, ठूलो आर्थिक लेनदेनको अन्त्य गर्दै विश्वविद्यालय तथा प्रतिष्ठानमा पदाधिकारी नियुक्ति मापदण्ड सिफारिस कार्यदलले तयार पारेको प्रतिवेदन अनुरुप गर्न सके समस्या समाधान हुने विश्वास व्यक्त गरिएको छ ।  समितीका संयोजक डा. रिमालको हस्ताक्षर गरिएको ज्ञापनपत्रमा प्रतिष्ठान भित्र भएका अनियमितता र भ्रष्टाचार सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका दर्जनौ मुद्धाहरुको द्रुत गतिमा छानबिन गरी दोषि ठहर भए कारवाही गर्न सम्बद्ध निकायहरुलाई निर्देशन गर्न पनि आग्रह गरिएको छ । पत्रमा लेखिएको छ, ‘प्रतिष्ठानमा रहेका पदाधिकारी, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले गर्ने हरेक कृयाकलापहरुलाई पारदर्शी र जवाफदेही बनाउने पद्धतीको थालती गर्न सके फेरी यो प्रतिष्ठान नमूना बन्नेछ ।’ संघर्ष समितीको आयोजनामा विगत १० दिन चिकित्सक तथा विद्यार्थीहरुले दैनिक दुई घण्टा उपकुलपति कार्यालय अघि धर्ना तथा विरोध सभा गर्दै आएका छन् । प्रतिष्ठानले वार्ता समिती बनाए पनि उपकुलपतिको उपस्थिती भए पछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् । 

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई पर्यटनकर्मीको ज्ञापन पत्र

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बाँकेका पर्यटनकर्मीले ज्ञापन पत्र बुझाएका छन्।...

कर्मचारीले बुुझाए सिडिओमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सिमकोट – हुम्ला जिल्लाबाट कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेस गरेका छन्। समग्र कर्मचारीको साझा हितमा रहने ऐन निर्माणका लागि कर्मचारीसँग पनि आवश्यक छलफलमा सहभागिता जनाउने वातावरण सिर्जना गर्नका लागि दबाव स्वरुप ज्ञापन पत्र पेश गरिएको हो। ऐन निर्माणका लागि राष्ट्रिय स्तरका ट्रेड युनियनलाई पनि सहभागी नगराई छलफलको विषय अगाडि बढाएको विरोधस्वरुप कर्मचारीले […]

विकास माग्दै बडिकेदारवासीले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन पत्र

डोटीको बडिकेदार गाउँपालिकाका स्थानीयले समग्र गाउँपालिकाको विकासका लागि भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका छन्।...

राप्रपाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सिमकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुुझाएको छ। सरकारले मलको मूल्य वृद्धि र अनुदान घटाउने निर्णय गरेको विरोधस्वरुप उक्त ज्ञापन पत्र बुुझाएको हो। राप्रपा हुम्लाका अध्यक्ष विकास महतले कृषि तथा पशुपन्छी मन्त्रालयले रासायनिक मलको मूल्यमा गरेको वृद्धि र मल खरिदमा किसानलाई दिँदै आएको अनुुदान घटाउने कार्य गरेको विरोधमा प्रमुख […]

लमजुङका व्यवसायीको गभर्नरलाई ज्ञापन पत्र

लमजुङ उद्योग बाणिज्य संघले बैक तथा वित्तिय संस्थाहरुमा भएको व्याज बृद्धिलागयतका विषयमा गर्भनरको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष गुणराज सिलवालाको नेतृत्वमा व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत ज्ञापन पत्र बुझाएर गभर्नरको ध्यानाकर्षण गराएका हुन् ।पछिल्लो समय वैक तथा वित्तिय क्षेत्रमा भएको व्याज बृद्धि, कर्जा असुलीका लागि व्यवसायनै प्रभावित हुनेगरी धम्कीपूर्ण ताकेता […]

मूल्यवृद्धिको विरोध गर्दै राप्रपाले बुझायो ज्ञापन पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध पोखरामा विरोध प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाएको छ।...

आगजनी घटनाको विरोधमा कांग्रेसको ज्ञापन पत्र

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मसुरीबगरस्थित लामा चौरमा एक्साभेटरमाथि गरिएको आगजनी घटनाको विरोध गर्दै नेपाली कांग्रेसले स्थानीय प्रशासन समक्ष ज्ञापन पत्र बुझाएको छ।...

मन्त्री यादवलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सप्तरी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सप्तरीबाट ज्ञापन पत्र पठाइएको छ । मन्त्रीको गृह जिल्ला सप्तरी निवासी रञ्जित कर्णले बिहीबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र पठाएका हुन् । यादवले हालै रौतहटमा दिएको अभिव्यक्ति मानव अधिकारको दृष्टिकोणले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी मान्यताको खिल्ली उडाएको […]

शिक्षकहरूले बुझाए मुख्यमन्त्रीलाई ज्ञापन पत्र

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले आज विभिन्न माग राखी प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई ज्ञापन पत्र बुझाएको छ । संगठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेतसहितको टोलीले १३ सूत्रीय माग राखी ज्ञापन पत्र बुझाएको हो ।ज्ञापन पत्रमा प्रदेश नं. १ को शिक्षा ऐनसँगै नियमावली तुरुन्त जारी गर्नुपर्ने माग गरिएको छ । विद्यालयमा पढ्ने बालबालिकालाई खोपको सुनिश्चितता गर्नुपर्ने र स्वास्थ्यको मापदण्ड अपनाइ विद्य