आयो एनआईसी एशिया बैंकको दोस्रो त्रैमासिक वित्तीय विवरण

एनआईसी एशिया बैंक लिमिटेडले चालु आव २०७८/७९ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकिङ्ग क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् । बैंकले आव २०७८/७९ को दोस्रो त्रैमाससम्ममा कर्जा व्यवसायतर्फ वाषिर्क विन्दुगत आधारमा १७ प्रतिशत (रू. ४० अर्ब) ले वृद्धि गरी कुल […]

सम्बन्धित सामग्री

दोस्रो त्रैमासमा एनआईसी एशिया लघुवित्तको नाफा ९९.२६ प्रतिशत घट्यो, यस्तो छ कारण

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९९ दशमलव २६ प्रतिशत घटेको छ ।  गत आवमा कम्पनीले रू. १४ करोड ९२ लाख नाफा कमाएकोमा चालू आवमा घटेर रू. ११ लाख ६ हजारमा सीमित भएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २७ दशमलव ०८ प्रतिशत र सञ्चालन नाफा ८९ दशमलव ६२ प्रतिशत घटेको छ ।  चुक्ता पूँजी रू. १ अर्ब ७३ करोड रहेको कम्पनीले दोस्रो त्रैमाससम्ममा जगेडामा रू. ८० करोड ३ लाख र रिटेन्ड अर्निङमा रू.२६ करोड ३५ लाख सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १३ पैसा र प्रतिशेयर नेटवर्थ १ सय १५ रुपैयाँ १५ पैसा छ ।  रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

अर्बौ नाफा गरेका बैंकहरूको वित्तीय विवरणले पनि बढाएन लगानीकर्ताको मनोबल

काठमाडौं । सातfको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक शून्य दशमलव ८२ प्रतिशत घटेर १ हजार ९०४ दशमलव ४० विन्दुमा बन्द भएको छ । सेन्सेटिभ इन्डेक्स २ दशमलव ७९, फ्लोट इन्डेक्स १ दशमलव १४ र सेन्सेटिभ फ्लोट इन्डेक्स १ अंक घटेका छन् ।   यस दिन सबै वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । समग्रमा बैंकहरूको नाफा बढेको वित्तीय विवरण आउँदा पनि बजारले सकारात्मक लय समात्न सकेन । बैंकहरूको खराब कर्जा बढेकाले पनि लगानीकर्ताहरू निरुत्साहित भएको जानकारहरू बताउँछन् । यद्यपि बैंकहरूको खराब कर्जा औसतमा वृद्धि भए पनि नियन्त्रणबाहिर भने गएको छैन ।  बिहीवार २६७ धितोपत्रको ३२ लाख ९ हजार २१४ कित्ता २३ हजार २६५ पटकमा रू. ९८ करोड ३३ लाख बराबर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये कालिञ्चोक दर्शन लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशत वृद्धि भई रू. ८०७ दशमलव ८० पुगेको छ । त्यस्तै दोस्रोमा मोलुङ्ग हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत बढेर रू. २४९ दशमलव ५० पुगेको छ ।  यस दिन आदर्श लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य रू. १ हजार २१५ मा झरेको छ । त्यस्तै दोस्रोमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई मूल्य १० प्रतिशत घटेर रू. ८ दशमलव ६९ कायम भएको छ ।  बिहीवार एनआईसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको रू. ५ करोड ७५ लाख बराबर कारोबार भएको हो । त्यस्तै सर्वाधिक दोस्रोमा कुमारी बैंकको संस्थापक शेयर रू. ३ करोड ५३ लाख बराबर कारोबार भएको छ ।  कारोबारमा आएका सबै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी वित्त समूहको परिसूचक १ दशमलव ५० प्रतिशत घटेको छ । यस समूहका केही कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेका  छन् । उक्त समूहको वित्तीय विवरणमा नाफा घट्नुका साथै खराब कर्जा बढेकाले पनि विक्रेता हाबी भएको देखिन्छ ।

३६ अंक घटेर २३२०.५१ विन्दुमा झर्‍यो परिसूचक, किन घट्दै छ दिनहुँ बजार ?

वैशाख ७, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक ३६ दशमलव ७३ अंकले घटेको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ३२० दशमलव ५१ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको ३५ लाख ७० हजार १४ कित्ता शेयरको ३२ हजार ५०६ पटकमा रू. १ अर्ब ४५ करोड ७ लाख ३७ हजार ७५५ दशमलव ४६ बराबरको शेयर खरीदविक्री भएको छ ।  पछिल्लो समय वित्तीय प्रणालीमा तरलता अभाव र ब्याजदर वृद्धिले शेयर बजारलाई निकै नै प्रभावित पारेको छ । मंगलवार भने बजार १३ अंकले बढेको थियो । तर बुधवार भने ३६ अंकले बजार घटेको छ ।  यस दिन धेरै कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसबाट पनि लगानीकर्ताको मनोबल परिवर्तन हुन सकेन । यसरी हेर्दा नियामक निकायले नै नीतिगत सुधार गर्नुपर्ने देखिन्छ ।  यसोत, शेयर बजार घटबढ भइरहन्छ, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको हरेक गतिविधि जस्तै खुद नाफा, जगेडा, प्रतिशेयर आम्दानीलगायतका आधारभूत पक्ष र प्राविधिक पक्षहरु राम्रोसँग केलाएर लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुन्छ ।  यस दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र ग्रीन भेञ्चर्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सर्किट लागेको हो ।  जल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ६४५ दशमलव २० र ग्रीन भेन्चर्सको शेयरमूल्य प्रतिकित्ता रू. ३२८ पुगेको हो ।  त्यसैगरी, बुधवार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ७१० दशमलव ३० मा झरेको छ ।  साथै यस कम्पनीको सर्वाधिक शेयर खरीदविक्री पनि भएको छ । कम्पनीको रू. १४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । त्यसैगरी, दोस्रोमा एनआईसी एशिया बैंकको रू. ५ करोड २ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

एनआईसी एशिया बैंकको नाफा २० % बढ्यो, वितरणयोग्य नाफा कति ?

वैशाख ७, काठमाडौं । चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा एनआईसी एशिया बैंकको नाफा करीब २० प्रतिशत वृद्धि भएको छ । चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा कम्पनीको नाफा १९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।  वित्तीय विवरण अनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो कम्पनीको नाफा ३ अर्ब ४८ लाख रूपैयाँ थियो ।  त्यस्तै चैत मसान्तसम्म यो कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ३८ करोड रूपैयाँ रहेको छ । यो बैंकको खराब कर्जा भने बढेको छ । गत आवको चैत मसान्तसम्म शून्य दशमलव ४७ प्रतिशत खराब कर्जा रहेकोमा चालू आवको सोही अवधिमा बढेर शून्य दशमलव ५१ प्रतिशत कायम भएको छ ।  त्यसैगरी कम्पनीको जगेडा कोषमा ९ अर्ब ७४ करोड रुपैयाँ जम्मा भएको छ । गत असार मसान्तसम्म कम्पनीको जगेडामा ७ अर्ब ७४ करोड रुपैयाँ थियो ।  कम्पनीको प्रतिशेयर आम्दानी ४१ दशमलव ९४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २१० दशमलव  ११रुपैयाँ छ । प्रतिशेयर बजार मूल्य ७५७, कुल सम्पत्तिमा प्रतिफल १ दशमलव ३९ प्रतिशत र तरलता अनुपात २० दशमलव शून्य ७ प्रतिशत रहेको छ ।

दोस्रो त्रैमासमा एनआईसी एशिया लघुवित्तको नाफा ४१८% बढ्यो

माघ ७, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १५ करोड ९७ लाख ९३ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३५ करोड ४८ लाख ६५ हजार पुगेको हो ।  चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्ने टेवा पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ९९ प्रतिशत र सञ्चालन नाफा १८३ प्रतिशत वृद्धि भएको छ ।  कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७३ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब १९ करोड ५ लाख सञ्चित गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १९ अर्ब ६९ करोड ४८ लाख सापटी लिएर, रू. ३ अर्ब २० करोड ८० लाख निक्षेप संकलन गरेर रू. २२ अर्ब १३ करोड ४१ लाख कर्जा लगानी गरेको हो ।  सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ४० दशमलव ७७ (वार्षिक), मूल्य आम्दानी अनुपात ३१ दशमलव ६४, तरलता अनुपात शून्य दशलमव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६८ दशमलव ४३ रहेको छ ।  यो पनि हेर्नुस् : पहिलो त्रैमाससम्ममा एनआईसी एशिया लघुवित्तको नाफा २.५ गुणा बढ्यो