कांग्रेसले आरजू राणालाई कैलाली-५ बाट उम्मेदवार बनाउने

काठमाडौं, भदौ १६ । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आरजू राणा देउवालाई कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्षतर्फको उमेदवार बनाउने भएको छ । नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘क’को प्रदेश समितिको बुधबार बसेको बैठकले डा राणालाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत रूपमा उमेदवार बनाएको हो । त्यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फको उमेदवारमा […]

सम्बन्धित सामग्री

इलाम–२ मा माओवादीले धिरेन्द्र शर्मालाई उम्मेदवार बनाउने

नेकपा (माओवादी केन्द्र) ले इलाम–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । नेता धिरेन्द्र शर्मा ‘रमण’लाई माओवादीले उम्मेदवार बनाउने भएको हो ।

ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय

काठमाडौंः जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने भएको छ। केन्द्रीय कार्यकारिणी समितिको शुक्रबार बसेको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपाध्यक्ष अब्दुल खानले बताए। उनले भने, “पार्टीका तर्फबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको हो, गठबन्धन दलसँग छलफल भएको छैन।” जनमत पार्टीकी सप्तरी जिल्ला इञ्जार्ज ५३…

एमालेले विद्यालाई उपसभामुखको उम्मेदवार बनाउने

नेकपा एमालेले भोलि हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।  एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । ‘उपसभामुखमा विद्या कमरेडलाई उम्मेदवार बनाउने सिफारिस गरेको छ’, नेम्वाङको भनाइ छ । यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो । उपसभामुख पदका लागि भट्टराईले असन्तुष्टि जनाउँदै उम्मेदवारी नदिने

काँग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने

काठमाडौँ । नेपाली काँग्रेसले विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कोइराला शेखर कोइराला निकट हुन् ।

रेसुङ्गाकाे मेयरमा कांग्रेसले खिलध्वज पन्थीलाई उम्मेदवार बनाउने

नेपाली का‌ग्रेसले गुल्मीकाे रेसुङ्गा नगरपालिकाकाे मेयरका लागि जिल्ला सभापति समेत रहेका खिलध्वज पन्थीलाई उम्मेदवार बनाउने भएकाे छ ।

एमालेले धनगढीमा चन्दलाई मेयरको उम्मेदवार बनाउने

१० वैशाख, धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ । ‘धनगढीको मेयरमा कमरेड रणबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘उपमेयर कसलाई […]

शुक्लागण्डकीमा माओवादीले पूर्वमन्त्री कोइरालालाई मेयरको उम्मेदवार बनाउने

नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत गरेको हो । हाल उनी गण्डकी प्रदेशसभा सदस्य हुन् । गठबन्धनमा शुक्लागण्डकीको मेयर माओवादीले दाबी गर्ने र मेयरमा कोइरालालाई उम्मेदवार बनाउन सिफारिस गरेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए । ‘पार्टीले शुक्लागण्डकीमा जित हासिल गर्नलाई उहाँलाई अगाडी सार्

दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।  आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली काँग्रेसका  सभापति शङ्कर डाँगीले जानकारी दिए ।पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलीय चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थ रुपमा वस्तु स्थिति

एमालेले भूमिकास्थानको मेयरमा थापालाई उम्मेदवार बनाउने

नेकपा एमालेले अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा रेसम थापालाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज पोखेडाँडामा सम्पन्न पार्टीको नगर कमिटीको पूर्ण बैठकले थापासहित उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तालमेलबाट पहिलो कार्यकालको लागि नगर प्रमुखमा निर्वाचित भएका थापा नेकपा विभाजनपछि नेकपाको निरन्तरताको रूपमा नेकपा एमालेमा क्रियाशील छन् । उपप्रमुखमा निर्णय भएकी पौडेल भने नेकपा एमाले नगर कमिटीका

राष्ट्रियसभा उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाउने

काठमाडौं : नेकपा एमालेले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाउने भएको छ। औपचारिक निर्णय भइ नसकेपनि बादलकै संभावना रहेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए। ‘औपचारिक निर्णय भइसकेको छैन’, केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले भने, ‘तर उहाँकै संभावना धेरै छ।’ स्रोतका अनुसार बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बादललाई नै उम्मेदवार बनाउने बताएका थिए। राष्ट्रियसभा उपनिर्वाच