एमालेले विद्यालाई उपसभामुखको उम्मेदवार बनाउने

नेकपा एमालेले भोलि हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।  एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । ‘उपसभामुखमा विद्या कमरेडलाई उम्मेदवार बनाउने सिफारिस गरेको छ’, नेम्वाङको भनाइ छ । यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो । उपसभामुख पदका लागि भट्टराईले असन्तुष्टि जनाउँदै उम्मेदवारी नदिने

सम्बन्धित सामग्री

सुदूरपश्चिममा उपसभामुखमा कोइलीदेवीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा उपसभामुख नलिने भएको छ । सत्तारूढ गठबन्धनले उन्मुक्ति पार्टीलाई उपसभामुख प्रस्ताव गरेपनि रेशम चौधरीको रिहाइ लगायतका मुद्दा सम्बोधन नभएसम्म कुनै लाभको पद नलिने जनाएको छ । उन्मुक्तिले उपसभामुख नलिएपछि सत्तारूढ गठबन्धनभित्र एमालेलाई दिने समझदारी बनेको छ । सोहीअनुसार एमालेले समानुपातिक प्रदेशसभा सदस्य कोइलीदेवी चौधरीलाई उपसभामुखको उम्मेदवार बनाउने भएको हो […]

प्रदेश १ : एमालेले उपसभामुखमा सिर्जना दनुवारलाई उठाउने

विराटनगर : नेकपा एमालेले प्रदेश १ को उपसभामुखको उम्मेदवार सिर्जना दनुवारलाई बनाउने भएको छ।प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन्।दनुवार उदयपुरबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन्।सत्ता साझेदार दलको तर्फबाट एमालेले सिर्जना दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरिसक्दा  विपक्षी दलको उम्मेदवार  भने टुंगो लागिसकेको छैन।

एमालेबाट प्रदेश १ उपसभामुखको उम्मेदवार सिर्जना दनुवार

प्रदेश १ उपसभामुखमा एमालेले उदयपुरकी सिर्जना दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा नवनिर्वाचित सभामुख बाबुराम गौतमले प्रदेश उपसभामुखको निर्वाचन शनिबार बिहान ११ बजेका लागि तोकेका छन् ।

उपसभामुखको चुनावमा गठबन्धनकै पक्षमा उभियो लोसपा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संघीय संसदको प्रतिनिधिसभा उपसभामुखको निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सघाउने भएको छ । लोसपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा गठबन्धनका उम्मेदवार पुष्पा भुसाललाई सहयोग गर्ने निर्णय भएको स्रोतले रातोपाटीलाई बतायो ।गठबन्धनबाट काँग्रेसकी भुसालको उम्मेदवारी दर्ता भइसकेको छ भने उपसभामुखमा एमालेले पनि उम्मेदवारी दिने भएको छ । एमालेले सांसद विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।गठबन्धनको उम्मेदवारलाई लोसपाले पनि साथ दिने भएपछि ए