जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दल दर्ता, चुनाव चिह्न कलम

१० असार, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगले सो पार्टीलाई चुनाव चिह्न कलम दिएको छ । एमाले नेता माधव नेपाल निकट मानिने राईले गत वैशाख ७ गते दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । नेपालमा भइरहेको कम्युनिस्ट पार्टी कुनैले […]

सम्बन्धित सामग्री

लौरो चुनाव चिह्न खारेज गर्न माग

२ असोज, काठमाडौं । दुई स्वतन्त्र उम्मेदवारले लौरो चुनाव चिह्न खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् । हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न लिएर दल दर्ता गरेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवाहरुको साझा चुनाव चिह्न भनेर प्रचार गरिएको भन्दै आयोगमा उजुरी परेको हो । काठमाडौं ९ मा उम्मेदवारी दिने घोषणा […]

यी हुन् एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका दल

आम निर्वाचनमा एकल चुनाव चिह्न लिने गरी विभिन्न दल दर्ता निर्वाचन आयोगमा भएका छन् । त्यसमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी पनि समावेश छन् । दुई पार्टीका अध्यक्ष क्रमशः प्रचण्ड र बाबुराम भट्टराईबीच भएको सहमतिअनुसार दुई पार्टीले संयुक्त रुपमा मंगलबार दल दर्ता गराएका थिए । गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ताका लागि निवेदन आएको आयोगले जनाएको छ । यस्तै आयोगमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले

चुनावी तालमेल गर्ने दलले एउटै चुनाव चिह्न लिएर चुनाव लड्न पाउने

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला भएको छ । तालमेल गरेका दलले एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यस्तो सुविधा पाउने निर्वाचन आयोगले जनाएको हो । यसरी तालमेलमा जाने हुँदा निर्वाचन आयोगलाई दल दर्ता गर्दा नै जानकारी गराउनुपर्नेछ । राजनीतिक […] The post चुनावी तालमेल गर्ने दलले एउटै चुनाव चिह्न लिएर चुनाव लड्न पाउने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने‚ पहिले नै अर्कैको नाममा दर्ता

काठमाडौं : रवि लामिछानेको पार्टीले घण्टी चुनाव चिह्न नपाउने भएको छ। टेलिभिजनको जागिर छाडेर राजनीतिक पार्टी खोलेका लामिछानेको दलले माग गरेको घण्टी चुनाव चिह्न अर्कै दलको नाममा रहेको निर्वाचन आयोगले जनाएको छ।अर्कै दलले लिएको चुनाव चिह्न लिएर लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा गएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा दल दर्ता नगर्न यसअघि नै आयोगमा उजुरी परिसकेको छ। दल खोलेर राजनीतिमा लागेको घोषणा गरेका लामिछानेले विवाद आए दलको नाम परिवर्तन गर्ने बताएका छन

तनहुँमा जोशीलाई कैची, भट्टराईलाई पुतली चुनाव चिह्न

जिल्लाका स्वतन्त्र उम्मेदवारहरूलाई कैची, पुतली, खरायो लगायतको चुनाव चिह्न प्रदान गरिएको छ । शनिबार स्वतन्त्र र निर्वाचनका लागि दल दर्ता नभएका दलका उम्मेदवारले रोजेको चुनाव चिह्व प्रदान गरिएको हो । जिल्लाका १० वटै स्थानीय तहमा रहेका निर्वाचनको अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारले चुनावी चिह्न रोजेका थिए ।शुक्लागण्डकी नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका काँग्रेसका महेश्वर भट्टराईले पुतली चुनाव चिह्न पाएका छन् । यस्तै, उन्नत लोकतान्त्रिक पार्टीबाट मेयरमा उम्मेदवारी दिएका जगदीश काफ्लेले हा

तनहुँमा २३ राजनीतिक दल दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २३ राजनितिक दलदल दर्ता भएका छन् ।  राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित सत्र दलले निर्वाचनका लागि विवरण बुझाएका हुन् । सबै दलका प्रतिनिधिलाई चुनाव चिह्न प्रदान गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।उक्त दलबाहेक अन्य व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न चाहे स्वतन्त्ररुपमा चुनावमा उठ्न सक्ने छन् । राष्ट्रिय मान्यताप्राप्त बाहेक सत्रवटा दललाई उनीहरुको विधानमा उल्लेख भए अनुरुपको चुनाव चिह्न प्रदान गरिने उन

आँखा चुनाव चिह्न लिएर कसले दर्ता गर्‍यो नयाँ पार्टी ?

७ फागुन, काठमाडौं । कुनै बेला डा. बाबुराम भट्टराई नेतृत्वमा रहेको नयाँ शक्ति पार्टीको चुनाव चिह्न ‘आँखा’ लिएर निर्वाचन आयोगमा नयाँ दल दर्ता भएको छ । ‘समावेशी लोकतान्त्रिक पार्टी’ नाममा दर्ता भएको पार्टीको अध्यक्षमा दीपक लामिछाने रहेका छन् । जनता समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चुलिएको बेला […]