यी हुन् एकल चुनाव चिह्न लिने गरी निर्वाचन आयोगमा दर्ता भएका दल

आम निर्वाचनमा एकल चुनाव चिह्न लिने गरी विभिन्न दल दर्ता निर्वाचन आयोगमा भएका छन् । त्यसमा नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी पनि समावेश छन् । दुई पार्टीका अध्यक्ष क्रमशः प्रचण्ड र बाबुराम भट्टराईबीच भएको सहमतिअनुसार दुई पार्टीले संयुक्त रुपमा मंगलबार दल दर्ता गराएका थिए । गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्ने गरी दल दर्ताका लागि निवेदन आएको आयोगले जनाएको छ । यस्तै आयोगमा नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टीले

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा वामदेव

दल दर्ताको अन्तिम दिन नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने भनिएका गौतम आयोग पुगेका हुन् । गौतमले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुनेबारेमा बुझ्नका लागि आयोगमा आएको प्रतिक्रिया दिए।आजै बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराईसहित वामदेवको पार्टीलाई चुनाव लड्न आफ्नो चुनाव चिह्न दिने निर्णय गरेको थियो ।

भट्टराईले गराए नेपाल समाजवादी पार्टी दर्ता, चुनाव चिह्न आँखा

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालमा कारबाहीका परेको डा. बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ। भट्टराईले बिहीबार निर्वाचन आयोग पुगेर नेपाल समाजवादी पार्टी दर्ता गराएका हुन्। आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरेको नेता रमेश पोखरेलले जानकारी दिए। ‘यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको हो’, उनले भने, ‘पार्टी

‘साझा पार्टी’ नाममा निर्वाचन आयोगमा नयाँ दल दर्ता

कुनै बेला रवीन्द्र मिश्रको नेतृत्वमा रहेको 'साझा पार्टी' नामको नयाँ दल निर्वाचन आयोगमा दर्ता भएको छ ।

नयाँ दल दर्ता गर्न माधव नेपालसहित नेताहरु निर्वाचन आयोगमा

काठमाडौँ- एमालेबाट विधिवत रुपमा अलग्गिने तयारीमा पुगेका माधव नेपालसहित माधव नेपाल पक्षका नेताहरु बुधबार निर्वाचन आयोग पुगेका छन्। माधव नेपाल पक्षको दलको नाम नेकपा एमाले समाजवादी दर्ता रहनेछ भने चुनाव चिह्न ‘खुला किताब’ रहने भएको छ। माधव नेपाल निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग भेट गर्न उनको कार्यकक्षमा पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले २० प्रतिशतमा […]

निर्वाचन आयोगद्वारा ८७ दललाई चुनाव चिह्न, कसको चिह्न के?

काठमाडौं : निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८७ दललाई चुनाव चिह्न दिएको छ। निर्वाचन आयोगमा दल दर्ता गरेर चुनाव चिह्नका लागि निवेदन दिएका ९५ दलमध्ये ८७ दलले चुनाव चिह्न पाएका हुन्। चार राजनीतिक दल भने अन्य दलको चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने निर्वाचन आयोग...

प्रदेश २ का लागि छापिएला ‘छाता’ सहितको मतपत्र?

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। प्रदेश नम्बर २ को निर्वाचनअघि राजपा नेपालले चुनाव चिह्न 'छाता' सहित आयोगमा निवेदन बुझाएको हो। राजपाले दलीय बैठकहरुमा राजनीतिक मुद्दासँगै एउटै चुनाव चिह्न 'छाता' सहितको मतपत्रको विषय उठाउँदै आएको छ। निर्वाचन आयोग भने उसको मागप्रति सकारात्मक छैन। यो अवस्थामा राजपाले निर्वाचनमा जान आफ्नो चुनाव चिह्नलाई…