रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता, चुनाव चिह्न गोलाकारभित्र घण्टी

काठमाडौं : निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेको छ।  पार्टीको चुनाव चिह्न आफूहरूले प्रस्ताव गरेको गोलाकारभित्रको घण्टी पाएको अध्यक्ष लामिछानेले बताए। दल दर्ता भएसँगै आफूहरूको जिम्मेवारी बढेको उनकाे भनाइ छ। पार्टीले आधिकारिकता पाएसँग आफ्नो सक्रियता बढ्ने समेत बताए। 

सम्बन्धित सामग्री

रवि लामिछानेको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न गोलाकारभित्रको घण्टी

काठमाडौं । पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ । "हाम्रो पार्टी औपचारिक रूपमा दर्ता भएको छ । हामीले प्रमाणपत्र पायौँ । एकदम खुसी छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी नाममा दल...

रवि लामिछानेको पार्टी आयोगमा दर्ता

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको घण्टी पाएको छ ।

रवि लामिछानेले लिए दल दर्ताको प्रमाणपत्र, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी

सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता पश्चात सो दललाई शुक्रबार दल दर्ताको प्रमाणपत्र समेत दिइएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले रातोपाटीलाई जानकारी दिए । पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगले खारेज गरेको छ ।  ऐनमा कतै पनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । स्वतन्त्र शब्द दलको नाममा राख्न नहुने माग गर्दै आयोगमा लामिछानेको पार्टीविरुद

रवि लामिछानेको राजनीतिक छलाङ, खै त तयारी ?

टेलिभिजन कर्मलाई तिलाञ्जलि दिंदै राजनीतिमा होमिएका छन् पत्रकार रवि लामिछाने । असार ७ गते उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्ने र चुनाव चिन्ह घण्टी लिने उद्घोष गरेपछि नेपालको राजनीति केही तरंगित बनेको छ । पार्टी र चुनाव चिन्हको विषयलाई लिएर तत्कालै विभिन्न क्षेत्रबाट विभिन्न प्रतिक्रिया आउन थालेका छन् । यसअघि आफ्नो पत्रकारिता पेसालाई यस्तै गरी लत्याएर नेपालमा कायापलट गर्छु भन्ने  जोस जाँगर लिएर विवेकशील साझा पार्टी गठन गरेका थिए रविन्द्र मिश्रले । तर उनको चाहना पुरा भएन । बरु त्यो पार्टी

घण्टी चुनाव चिह्नसहित दल दर्ताका लागि निर्वाचन आयोग पुगे रवि

काठमाडौँ-  सञ्चारकर्मी रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन्। राष्ट्रिय सभामा आयोजित कार्यक्रममा नयाँ पार्टी घोषणा गरेका रवि कार्यक्रम लगतै निर्वाचन आयोग पुगेका हुन्। उनले घोषणा गरेको नयाँ पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहेको छ भने चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन्। घण्टी चुनाव चिन्हसहित आगामी निर्वाचनमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बाट चुनाव लड्ने […]

श्रीमतीसहित निर्वाचन आयोग पुगे रवि लामिछाने

काठमाडौं । रवि लामिछाने दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । श्रीमती निकिता पौडेलकासाथमा लामिछाने आयोग पुगेका हुन् । उनले आजै राष्ट्रिय सभागृहमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलको घोषणा गरेका थिए । अहिले आयोगमा सोही पार्टी दर्ता गराउनेछन् । निर्वाचन चिह्न घण्टी माग्ने तयारी उनले गरेका छन् ।

रवि लामिछाने आजै पार्टी दर्ता गर्न जाँदै, प्रस्तावित चुनाव चिन्ह ‘घण्टी’

काठमाडौँ । पूर्व सञ्चारकर्मी रवि लामिछाने आफूले निर्माण गरेको नयाँ पार्टी आजै दर्ता गर्न जाने भएका छन् । उनले आज (मंगलबार) एक कार्यक्रम मार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको आज घोषणा गरेका थिए । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह पनि सार्वजनिक गरे । उनका अनुसार पार्टीले निर्वाचन आयोगमा घण्टी चुनाव चिन्हको […]