कैलालीको गौरीगंगाका खुसीराम चौधरीले यसपालि मलबिनै खेतमा गहुँ छरिसकेका छन्।युरिया मल नपाउँदा उनले खेतमा मलबिनै गहुँ छरेका हुन्।सुदूरपश्चिम प्रदेशमा कात्तिक तेस्रो सातादेखि मंसिर पहिलो सातासम्म गहुँ बाली रोप्ने उपयुक्त समय मानिन्छ।यही समय छोप्दै सुदूरपश्चिमका किसान यतिबेला खेतबारीमा मलबिनै गहुँ छर्न बाध्य छन्।