किसानका दुःख : मकै बँदेल र बादँरले खाए, खसी बोका बाघले खायो

नगरकोट । घोगा लाग्न सुुरु भएको हजारौं रोपनी बारीमा लगाएको मकै बँदेल र बाँदरले नष्ट गर्दा किसानहरुलाई लाखौं नोक्सानी भएको छ । जंगलबाट आहार खोज्दै आएको बाघले खसी÷बाख्रा खाइदिँदा अर्को नोक्सानी थपिएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको विभिन्न स्थानमा किसानले छरेको मकैको बोट बँदेलले भाँचिदिँदा नोक्सान भएको हो ।बाँदरले खोस्टा नंगाएर मकै खाने भएको उत्पादनमा कमी हुने किसानहरुको भनाई छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर १ हलेदेका नविनराज बस्ताकोटीका अनुसार छिट्टै छरेको मकैका बोटमा घोग